उपत्यकामा साउन २० सम्म थपियो निषेधाज्ञा, शैक्षिक संस्था बन्दै रहने

काठमाडौं। काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले साउन २० गतेसम्मका लागि निषेधाज्ञा थप गर्ने गरेको छ। जसअनुसार शैक्षिक संस्था, सबै प्रकारका सम्मेलन, पार्टी प्यालेस, सिनेमा हल, डान्सबार, दोहोरी नाचघर, क्लब, स्विमिङ पुल, मनोरञ्जन स्थल, रङ्गशाला सञ्चालनमा लगाइएको रोक कायमै रहेको छ। यस्तै खुल्ला स्थानमा मानिसहरू भेला जम्मा हुन, भिडभाड गर्न, सभा जुलुस गर्न तथा भोजभतेर गर्न पनि रोक लगाइएको छ।

सम्बन्धित सामग्री

महोत्तरी र सर्लाहीमा पनि एक साता थपियो निषेधाज्ञा

प्रदेश नम्बर २ का महोत्तरी र सर्लाहीमा पनि पुनः एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ । सोमबार जिल्ला कोभिड व्यवस्थापन समिति महोत्तरीमा बसेको बैठकले असार ७ गतेसम्मका लागि निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको निमित्त प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले जानकारी दिए ।महोत्तरीमा वैशाख २२ देखि निषेधाज्ञा लगाइएको छ भने निषेधाज्ञा अवधिभर निजी तथा सार्वजनिक सवारी साधन, हाटबजार, होटल तथा रेष्टुरेन्ट, ब्युटी पार्लर, सैलुन, शैक्षिक संस्था, ट्युसन सेन्टरलगायतका बन्द रहने जनाइएको छ ।त्यस्तै जिल्ला कोभि