कञ्चनपुरमा सात हजार एक सय ५६ मतदाता थपिएका छन् । आगामी मङ्सिर ४ गते हुने सङ्घीय एवं प्रदेशसभा निर्वाचनमा कञ्चनपुरको मतदाताको सङ्ख्या तीन लाख दुई हजार पाँच सय नौ पुगेको जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरले जनाएको छ ।जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरका प्रमुख उदयराज जोशीले कञ्चनपुरमा पुरुष मतदाता एक लाख ४६ हजार आठ सय ४८, महिला मतदाता एक लाख ५५ हजार छ सय ६२ र एक जना तेस्रो लिङ्गी गरी कूल तीन लाख दुई हजार पाँच सय नौ मतदाता पुगेको बताए ।कञ्चनपुरमा पुरुषभन्दा आठ हजार आठ सय १४ जना महिला मतदाताको सङ्ख्या
काठमाडौँ,३ असोज । आगामी मङ्सिर ४ गते हुने सङ्घीय एवं प्रदेशसभा निर्वाचनमा भक्तपुरमा मतदाताको सङ्ख्या एक लाख ९४ हजार चार सय ३९ जना पुगेको छ । जिल्ला निर्वाचन कार्यालय भक्तपुरका प्रमुख नदेन्द्रप्रसाद न्यौपानेले भक्तपुरमा पुरुष मतदाता ९४ हजार छ सय ८३ र महिला मतदाता ९९ हजार सात सय ५१ तथा अन्य पाँच गरी कूल एक […]
काठमाडौँ,८ भदौ । नुवाकोटमा चार हजार पाँच सय ३७ मतदाता थप भएका छन् । वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा दुई लाख ३७ हजार चार सय ३४ मतदाताले मताधिकार प्राप्त गरेका थिए । स्थानीय तहको निर्वाचनपश्चात् नयाँका लागि गत असार १ गतेदेखि फोटोसहितको मतदाता नामावली दर्ता गर्न सुरु गरिएको थियो । आगामी मङ्सिर ४ […]
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बाँकेमा छ हजार बढी नयाँ मतदाता थपिने भएका छन् । गत असार १ देखि साउनको १९ गतेसम्म निर्वाचन कार्यालय बाँकेमा छ हजार आठ सय १७ जनाले फारम भरेका छन् । वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा बाँकेबाट तीन लाख २९ हजार चार सय ७३ जनाको मतदाता नामावली आयोगले सार्वजनिक गरेको थियो ।मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअघि बाँकेमा छ हजार आठ सय १७ जनाले मतदाता नामावलीका लागि आवेदन दिएको जिल्ला निर्वाचन कार्यालय बाँकेका प्रमुख रमा पन्त
काठमाडौँ,२६ साउन । सप्तरी जिल्लामा नौ हजार एक सय १४ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार जिल्लामा विगत डेढ महिनाका अवधिमा उक्त सङ्ख्यामा मतदाता थपिएका हुन् । गत बैशाख३० मा सम्पन्न स्थानीय तहको निर्वाचनपश्चात गत असार १ गतेदेखि यही साउन १९ गतेसम्म निर्वाचन आयोगले सङ्कलन गरेको फोटोसहितको मतदाता नामावलीमा चार हजार आठ सय […]
सप्तरी जिल्लामा नौ हजार एक सय १४ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार जिल्लामा विगत डेढ महिनाका अवधिमा उक्त सङ्ख्यामा मतदाता थपिएका हुन् ।गत बैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचन पश्चात गत असार १ गतेदेखि यही साउन १९ गतेसम्म निर्वाचन आयोगले सङ्कलन गरेको फोटोसहितको मतदाता नामावलीमा चार हजार आठ सय ३९ पुरुष र चार हजार दुई सय ७५ महिला मतदाता थपिएको निर्वाचन अधिकारी रमेशकुमार जोशीले जानकारी दिए ।निर्वाचन कार्यालयले मतदाता नामावलीमा नाम समावेश भएका नयाँ मतदाताको रुजु गरेर आज निर्वा
काठमाडौँ,२० साउन । कास्की जिल्लामा करिब आठ हजार मतदाता थपिएका छन् । नयाँ मतदाताका लागि कास्की जिल्लामा १२ हजारले आवेदन दिएकामा चार हजार अन्य जिल्लाको रहेको पोखरास्थित प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए । निर्वाचन आयोगले मतदाता नामावली थप्नका लागि देशका जुनसुकै निर्वाचन कार्यालयमा आवेदन दिन सक्ने व्यवस्था गरेको थियो । बाहिर […]
सुर्खेत- कर्णाली प्रदेशमा करिब दुई लाख मतदाता थपिएका छन् ।पछिल्लो चार वर्षमा एक लाख ८६ हजार चार सय ३६ मतदाता थपिएका हुन् । २०७४ मा प्रदेशभर आठ लाख १४ हजार ८ सय ४६ मतदाता थिए । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा कर्णाली प्रदेशबाट १० लाख मतदाता सहभागी हुन पाउने भएका छन् । […]
कालिकोटमा १८ हजार ११५ मतदाता थपिएका छन् । विसं २०७४ को स्थानीय तहको निर्वाचनमा ६४ हजार ९६१ मतदाता रहेकामा हाल जिल्लाको मतदाता सङ्ख्या थपिएर ८३ हजार ७६ पुगेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।कालिकोटको मतदाता सङ्ख्याको अद्यावधि गरेर निर्वाचन आयोगलाई पठाइएको र मतदाता सङ्ख्यामा वृद्धि भएको कार्यालयका सूचना अधिकारी लक्ष्मणबहादुर शाहीले बताउनुभयो । जिल्लाका नौ स्थानीय तहमध्ये सबैभन्दा बढी मतदाता नरहरिनाथ गाउँपालिका र सबैभन्दा कम महावै गाउँपालिकामा रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।नरहरिन
रौतहट । रौतहटमा पछिल्लो समय ४३ हजार भन्दा बढी मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालय रौतहटले दिएको जानकारी अनुसार गत साउन यता रौतहटमा ४३ हजार ५ सय ८० जना मतदाता थपिएका हुन् । मतदाता नामाबली संकलन बिषेश कार्यक्रम अन्र्तरगत १६ हजार ६ सय ६९ जना नयाँ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालय रौतहटका प्रमुख छोटेलाल […]
The post रौतहटमा ४३ हजार भन्दा बढी मतदाता थपिए appeared first on राजधानी राष्ट्रिय दैनिक.