अब के गरौँ?

हुन त ऊ अब मसँग नजिक हुनु कुनै कारण थिएन। उसले मलाई प्रेम प्रस्ताव गरेको थियो, मैले अस्वीकार गरेकी थिएँ। राकेश मबाट टाढा हुँदै गर्दा मैले हाम्रो मित्रताको सम्बन्ध प्रेममा परिणत भएको कुराको आभास गर्दै थिएँ। एकदिन मैले नै उसलाई 'हामी सम्बन्धमा बसौँ?' भनी मेसेज गरेँ।