कांग्रेस मधेश प्रदेश संसदीय दलको नेतामा दुई पक्षबीच प्रतिस्पर्धा

काठमाडौं :  नेपाली कांग्रेस मधेश प्रदेश संसदीय दलको नेताका लागि दुई जनाको उम्मेद्वारी दर्ता भएको छ। दलको नेताको लागि प्रदेश सांसद संस्थापन पक्षका कृष्णप्रसाद यादव र निवर्तमान संसदीय दलका नेता रामसरोज यादवले उम्मेदवारी दर्ता गराएको कांग्रेस मधेश प्रदेश प्रचारप्रसार प्रमुख नितेश कुमार गुप्ताले जानकारी दिए। मतदान आज दिउँसो ३ देखि ४ बजेसम्म पार्टी कार्यालय धनुषामा हुनेछ। दलको नेता चयनका लागि कांग्रेसका २२ जना प्रदेशसभा सदस्यले मतदान गर्दै छन्।  मत परिणाम आज नै सार्वजनिक हुने छ।&n

सम्बन्धित सामग्री

मधेश प्रदेश : कांग्रेस संसदीय दलको नेताका लागि कृष्ण र रामसरोजबिच प्रतिस्पर्धा

जनकपुरधाम : नेपाली कांग्रेस मधेश प्रदेश संसदीय दलको नेता चयनका लागि दुईजना नेताबिच प्रतिस्पर्धा हुने भएको छ। संसदीय दलको नेता चयनका लागि सहमति जुटाउने प्रयास असफल भएपछि प्रतिस्पर्धा हुने भएको हो। नेपाली कांग्रेस संसदीय दलको नेताका लागि नेपाली कांग्रेस मधेश प्रदेशका अध्यक्ष कृष्ण यादव र मधेश प्रदेशका पूर्व भौतिक पूर्वाधार…

कांग्रेस मधेश प्रदेश संसदीय दलको नेताका लागि निर्वाचन प्रक्रिया सुरु

काठमाडौं : नेपाली कांग्रेस मधेश प्रदेश संसदीय दलको नेता चयनका लागि निर्वाचन प्रक्रिया सुरु भएको छ। दलको नेता चयनका लागि भोलि मतदान हुँदैछ। निर्वाचन समिति संयोजक चन्द्रशेखरकुमार यादवका अनुसार आज मतदाता नामावली प्रकाशन गरिनेछ। भोलि बिहान ९ देखि १० बजेसम्म उम्मेदवारी दर्ता र दिउँसो २ बजेदेखि साढे २ बजेभित्रमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरि ३ बजेदेखि मतदान सुरु हुने छ। नेपाली कांग्रेस मधेश प्रदेश कार्यालयमा हुने मतदान करिब १ घण्टा चल्ने छ।  उम्मेदवारी शुल्क ४१ हजार तोकिएक