काठमाडौं : साफ महिला च्याम्पियनसिप फुटबलको नेपाल र भुटानबीचको उद्घाटन खेलमा अहिले मध्यान्तर हुँदा नेपालले १-० गोलले अग्रता लिएको छ।राजधानीको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा भुटानविरुद्ध पहिलो हाफमा नेपालले १–० को अग्रता बनाएको हो। खेलको १२ औँ मिनेटमा नेपालकी सावित्रा भण्डारीले गोल गर्दै नेपाललाई १-० को अग्रता दिलाएकी हुन्।पानी परिरहे पनि खेल भएको हो। आजको खेल जित्दै नेपाल सुखद् शुरुवात गर्ने दाउमा छ। साफ च्याम्पियनसिपको इतिहासमा अहिलेसम्म भुटानले नेपाललाई हराउन स