प्राङ्क भिडियोसम्बन्धी गृह मन्त्रालयको विज्ञप्तिमा पत्रकार महासंघको आपत्ति

गृह मन्त्रालयले प्राङ्क भिडियो नबनाउन तथा व्यक्तिको सहमति बिना कुनै पनि किसिमको भिडियोग्राफी बनाएर सामाजिक सञ्जालमा अपलोड नगर्न भनेपछि नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ । महासंघका महासचिव रोशन पुरीले शुक्रबार विज्ञप्ति जारी गरेर गृह मन्त्रालयको विज्ञप्तिमा उल्लेख गरिएका कतिपय विषय प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता प्रतिकूल देखिएकाले ध्यानाकर्षण भएको बताएका छन् । ‘विज्ञप्तिमा उल्लेख ‘व्यक्तिगत गोपनीयता र प्रतिष्ठामा असर पर्न सक्ने’ भन्ने जस्ता वाक्याङ्श प्रेस