नेपालले अफगानिस्तानलाई करीब १४ टन मानवीय सहायता सामग्री उपलब्ध गराएको छ ।
परराष्ट्र मन्त्रालयका सहसचिव सेवा लम्साल नेतृत्वको टोली काबुल पुगेर उक्त सामग्री हस्तान्तरण गरेको हो ।
हिमालय एयरलाइन्सको जहाजबाट सहायता सामग्री लिएर आइतवार बिहान टोली काबुल प्रस्थान गरेको थियो ।
संयुक्त राष्ट्रसंघले उपलब्ध गराएको सूचीअनुसार औषधि, लत्ताकपडा, भाँडावर्तनलगायत सामग्री नेपालले मानवीय सहायतास्वरुप उपलब्ध गराएको बताइएको छ ।
सबै सामग्री व्यवसायीले निःशुल्करुपमा उपलब्ध गराएको मन्त्रालयले जनाएको छ ।