हामी म्युजिकल चेयर खेल खेल्न व्यस्त भयौं : उद्धव थापा

१७ असोज, विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाले प्रदेशमा सरकार गठन र विघटन म्यूजिकल चेयर खेलजस्तो भएको टिप्पणी गरेका छन् । गत वर्ष फागुन १५ मा प्रदेशको नामकरणपछि दलहरु म्युजिकल चेयर खेलमा व्यस्त भएको धारणा राखेका हुन् । ‘कोशी प्रदेशमा अहिले हामी म्युजिकल चेयर खेल्नमात्रै व्यस्त भयौं’, बुधबार प्रदेशसभा बैठकमा […]