बढ्यो खोप घट्यो कोरोना

नेपालमा कोरोनाविरुद्ध खोप लगाउन थालिएको धेरै भएको छैन । २०७७ साल माघ ८ गते भारतले अनुदानमा पठाएको १० लाख मात्रा कोभिशिल्ड खोप माघ १४ गतेदेखि लगाउन सुरु गरिएको थियो । त्यो बेला स्वास्थ्यकर्मी, चिकित्सक, नर्सलाई मात्र खोपको प्राथमिकतामा राखिएको थियो । स्वास्थ्यकर्मीसँगै पत्रकार, सरसफाइकर्मीलाई पनि खोप उपलब्ध गराउन थालियो । सरकारले प्राथमिकताका आधारमा खोप लगाउने कार्य सुरु गरे पनि धेरैजसो स्वास्थ्यकर्मीले खोप लगाउन आनाकानी गरे । धेरैजसो पत्रकारले पनि त्यो बेला खोप लगाएनन् । खोप प्रयोगका लागि ल्याइएको हो कि भन्ने भ्रम उनीहरूमा थियो तर पछिल्लो समय खोप लगाउने बढेका छन् । खोपप्रतिको भ्रम पनि हट्दै छ । जब कोरोना सङ्क्रमणको दोस्रो लहर सुरु भयो । यो बेला खोप लगाउने मानिसको लाइन जताततै देख्न सकिन्थ्यो तर सीमित खोप सबैलाई पुग्ने त कुरै भएन । खोप लगाउन पाउनेले चाहिँ ठूलो युद्ध जीतेसरह नै भयो । अघिल्लो सरकारको पालामा २६ लाख ११ हजार ८०७ जनाले पहिलो मात्रा खोप लगाएका थिए भने नौ लाख ३२ हजार ८६८ जनाले पूर्ण खोप लगाएका थिए । अहिले पहिलो मात्रा खोप लगाउने