कोभिड–१९ का कारण पूर्वी नाकाबाट नेपाल आउने पर्यटकको सङ्ख्या शून्य

पूर्वी नाका काँकडभिट्टा हुँदै नेपाल प्रवेश गर्ने पर्यटकको सङ्ख्या आर्थिक वर्ष २०७७/०७८ मा शून्य रहेको अध्यागमन कार्यालय झापाले जनाएको छ । कोभिड–१९ का कारण सरकारले पर्यटकलाई सीमानाकाबाट नेपाल प्रवेशमा रोक लगाएसँगै यो नाकाबाट नेपाल प्रवेश गर्ने पर्यटकको सङ्ख्या शून्य भएको हो । अध्यागमन कार्यालय काँकडभिट्टाका प्रमुख जनक कोइरालाले कोरोना भाइरसको महामारीका कारण आर्थिक वर्ष २०७६/०७७ को चैत ११ गतेदेखि हालसम्मको अवधिमा एकजना पर्यटक पनि नेपाल प्रवेश नगरेको बताए। नेपाल सरकारले विदेशी पर्यट

सम्बन्धित सामग्री

भक्तपुरका १५८ स्काउटले पाए कोभिड-१९ सेवा पदक

भक्तपुर – भक्तपुरका एक सय ५८ स्काउटले कोभिड–१९ सेवा पदक पाएका छन् । नेपाल स्काउट बागमती प्रदेश स्काउटअन्तर्गत भक्तपुरका चार वटै स्थानीय स्काउट कार्यालयको आयोजनामा कोभिड–१९ नियन्त्रणमा स्वयंसेवी रुपमा सहभागी भएका भक्तपुरका स्काउट, स्काउटर एवं रोभर रेञ्जरहरू नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयबाट कोभिड–१९ सेवा पदक घोषणा गरी वितरण गरिएको हो । नेपाल स्काउट बागमती प्रदेश […]

सिमा तथा हवाई नाकामा अनिवार्य कोभिड-१९ को परीक्षण हट्यो

सिमा तथा हवाई नाकाबाट नेपाल प्रवेश गर्ने यात्रुहरुलाई सरकारले अनिवार्य कोरोना भाइरस (कोभिड-१९) को परीक्षण गर्नुपर्ने व्यवस्था हटाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार सूचना जारी गरेर यसअघिको अनिवार्य कोभिड-१९ को परीक्षणलाई हटाएको जानकारी गराएको हाे ।सरकारले कोभिड-१९ को जोखिम कम हुँदै गएपछि अनिवार्य परीक्षणको व्यवस्था हटाएको जनाएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार अब कोभिड-१९ को पूर्ण मात्र खोप प्राप्त नगरेका वा ७२ घण्टा कोभिड-१९ को परीक्षण नेगेटिभ नभएकाले कोभिड-१९ परीक्षण गर्नुपर्ने

रुससँग कोभिड-१९ खोपका लागि पत्राचार

नेपाल सरकारले रुसमा उत्पादित कोभिड–१९ विरुद्धको खोप प्रयोग र सहयोग प्राप्त गर्ने सन्दर्भमा आवश्यक कागजात उपलब्ध गराउन पत्राचार गरेको छ।...

कोभिड–१९ सँग मिल्दाजुल्दा लक्षण भएको ‘स्क्रब टाइफस’ रोग

काठमाडौं, ३० भदौ । नेपाल सरकारले केही दिनअघि कोभिड–१९ सँग मिल्दोजुल्दो लक्षण भएको ‘स्क्रब टाइफस’ रोग देखिन थालेको जनाएको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विज्ञप्ति जारी गर्दै कोभिड–१९ का लक्षणसँग मिल्दाजुल्दा रोग स्क्रब टाइफस देखिन थालेकाले उक्त रोगसँग सचेत रहनसमेत अनुरोध गरेको छ । कोभिड–१९ जस्तै स्क्रब टाइफसमा मानिसलाई उच्च ज्वरो आउने, आँखा रातो […]

कोभिड–१९ को महामारी नियन्त्रणमा सहयोग गर्न निजी क्षेत्रलाई आह्वान

प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड–१९ को महामारी नियन्त्रणमा सहयोग गर्न निजी क्षेत्रलाई आह्वान गरेका छन् । बुधबार नेपाल उद्योग परिसंघको १८ औं वार्षिक साधारणसभामा प्रधानमन्त्री देउवाले नेपाललाई कोभिड–१९ महामारीबाट मुक्त गर्नका लागि उद्योगी तथा व्यापारीहरुले सहयोग गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले कोभिड–१९ महामारीको समस्या समाधान गर्नु सरकारको कर्तव्य भएको उल्लेख गर्दै महामारी नियन्त्रणमा उद्योगी, व्यापारीहरुले हातेमालो […]

कोभिड–१९ विरुद्ध स्काउटको सचेतना अभियान

काठमाडौं। नेपाल स्काउट गोकर्णेश्वर नगर समितिले कोभिड–१९ विरुद्ध एसएमएस सुरु गरेको छ। सो अभियानको आज स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले शुभारम्भ गरेका हुन्। मन्त्री तामाङले माइकिङ गरेर हिँड्ने स्काउट स्वयंसेवकहरुलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेर अभियानको सुरुवात गरेका हुन्। शुभारम्भ कार्यक्रममा नेपाल स्काउटका राष्ट्रिय संयोजक लोकबहादुर भण्डारीले देशभरका ७५३ वटै स्थानीय तहमा अभियान चलाइने बताए।

नेपालमा कोभिड-१९ संक्रमणबाट १३ जना पत्रकारको मृत्यु

काठमाडौं । नेपालमा कोभिड-१९ संक्रमणबाट हालसम्म १३ जना पत्रकारको मृत्यु भएको छ। हालसम्म ७५० भन्दा बढी पत्रकार कोभिड-१९ बाट संक्रमित भएको नेपाल पत्रकार महासंघले जनाएको छ। कोभिड-१९ को जोखिमको ख्याल गरी स्वास्थ्य सुरक्षा अवलम्बन गर्दै पेशागत कर्ममा जुट्न सबै पत्रकारमा महासंघले अपिल गरेको छ । महासंघले शान्तिराम कार्कीको ३३ वर्षको अल्पायुमै भएको निधनप्रति दुःख व्यक्त गरेको छ।

कोभिड-१९ को संक्रमण न्यूनीकरणका लागि आठ बुँदे निर्णय

हाल सञ्चालनमा रहेका नेपाल र भारतबीचका सीमा नाकाहरुलाई कोभिड-१९ संक्रमणको अवस्था हेरी पुनरावलोकन गर्ने र संक्रमण दर उच्च हुन पुगेका नाका घटाउने तर्फ गृह मन्त्रालयले आवश्यक गृहकार्य गर्ने सिसिएमसीले जनाएको छ।

कोभिड–१९ ले शिथिल पारेको विश्व अर्थतन्त्र र नेपाल

विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण लाखौं व्यक्तिको मृत्यु भएको छ भने लाखौं संक्रमित भई उपचारको अवस्थामा छन् । आज विश्वले एकैपटक स्वास्थ्य र आर्थिक संकट बेहोर्नुपरेको कारण गरिबी, बेरोजगारी र आय असमानता बढ्ने अनुमान छ ।कोभिड–१९ रोगको संक्रमणबाट हुन सक्ने जोखिमलाई नियन्त्रण गर्न गरिएको बन्दाबन्दीपछि बैंक तथा वित्तीय संस्थाहरूमा कर्जा लगानी अत्यन्त न्यून […]