हुम्ला - उच्च हिमाली हुम्लाको अन्तर जिल्ला जोड्ने एक मात्रै हवाई सेवा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित भएकोे छ ।
आज बिहानदेखि हुम्लामा हिमपात भएपछि राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा हवाई सेवा प्रभावित भएको हो । नेपालगञ्ज, सुर्खेतबाट उडान भर्दै आएका नेपाल एयरलाइन्स, सीता, समिट र तारा एयरले हिमपातका कारण उडान भर्न नसकेका हुन् ।
हुम्लामा हिमपात हुनुका साथै नेपालगञ्जसहित तराईको क्षेत्रमा बाक्लो हुस्सु तुवाँलोसहित कुइरो लागेपछि उडान हुन नसकेको सिमकोट विमानस्थलले जानकारी दिएको छ । जिल्लामा ब...