बाढीका कारण पूर्वी तराईका पाँच जिल्लामा झण्डै ४ अर्बको कृषि उपज नष्ट

अविरल वर्षा र बाढीले पूर्वी तराईका पाँच जिल्लामा करिव ४ अर्ब मूल्य बराबरको कृषि उपजमा क्षति पुगेको छ । क्षेत्रीय कृषि निर्देशनालयको प्रारम्भीक तथ्याङक अनुसार बाढीका कारण मोरङ, सुनसरी, झापा, सप्तरी र सिरहामा ३ अर्ब ९८ करोड ८१ लाख मूल्य बराबरको कृषि उपज नष्ट भएको हो ।