विराटनगरमा ‘ओपन हाउस लाउन्ज एण्ड बार’ सञ्चालन

विराटनगर। उद्यमी श्रुति शर्माले विराटनगरको पिपल चोकमा १ करोड रुपैयाँको लगानीमा ‘ओपन हाउस लाउन्ज एण्ड बार’ सञ्चालनमा ल्याएकी छिन् । रेष्टुराँको शुक्रवार प्रदेश सांसद अमृत अर्यालले उद्घाटन गरेका हुन् । रेष्टुराँ सञ्चालनको अवसरमा एक हप्तासम्म खानाका सबै परिकारमा १० प्रतिशतसम्म छूट दिइने बताइएको छ । सुविधासम्पन्न रेष्टुराँको तल्लो र माथिल्लो तलामा एकैपटक १०० जनासम्मलाई सेवा प्रदान गर्ने व्यवस्थापन भएको सञ्चालक शर्माले बताइन् । रेष्टुराँको भुइँतलामा गार्डेन र माथिल्लो तलामा रुफ टपको व्यवस्था गरिएको छ । शर्माले यसअघि काठमाडौंमा रेष्टुराँ सञ्चालन गरिसकेकी छिन् ।