बाँकेमा थप चार र सल्यानमा दुई सङ्क्रमितको मृत्यु

शिक्षण अस्पताल कोहलपुरमा उपचाररत थप चार कोरोना सङ्क्रमितको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१० निवासी ७० वर्षीय पुरुष, बैजनाथ गाउँपालिका–५ निवासी ५२ वर्षीया महिला, धनगढी उपमहानगरपालिका–१८ निवासी ५५ वर्षीय पुरुष र बर्दगोरिया गाउँपालिका–६ कैलाली निवासी ८० वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिनुभयो । …