एनआरएनए संस्थापन पक्षको चुनावमा मतदाता घटे

विवादमा फसेको गैरआवासीय नेपाली संघ एनआरएनएको संस्थापन पक्षको निर्वाचनमा मतदाता संख्या घटेको छ ।  यही मार्च २४ र २५ तारिख हुने निर्वाचनमा ३०९८ जना मतदाताले मात्र निर्वाचनमा सहभागी हुन पाउने भएका हुन् । संघको निर्वाचन समितिले आइतवार एक विज्ञप्ति जारी गर्दै परिचय नखुलेका र शेल्फीमा नलिएका मतदाताहरूलाई मतदाता नामावलीका हटाइएको जनाएको छ । यसअघि निर्वाचन समितिले ३५९० जनाको नाम सार्वजनिक गरेको थियो । करिब १५० जनाले आफ्नो परिचयपत्र बुझाउन नसकेका कारण उनीहरुलाई मतदाता नामावलीबाट हटाइएको हो