महिला टी–२० आई सिरिज : नेपालविरुद्ध हङकङ ब्याटिङ गर्दै

काठमाडौँ, ५ भदौ । चार देश सम्मिलित महिला टी–ट्वान्टी आई सिरिजअन्तर्गत हङकङले अहिले नेपालविरुद्धको खेलमा ब्याटिङ गरिरहेको छ । मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायोमास ओभल क्रिकेट मैदानमा नेपाली टोलीकी कप्तान रुविना क्षेत्री बेलबासेले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएकी छिन् । केहीबेर अघिसम्मको खेलमा हङकङले १४ ओभरमा चार विकेटको क्षतिमा ६६ रन बनाएको छ । […]