यदि तपाईंले अत्यधिक मदिरा सेवन त्याग्नुभयो, उमेर बढेपछि पनि खेल्न सकिने कुनै खेल रोज्नुभयो, नियमित समयमा सुत्ने बानी बसाल्नुभयो र खाना खाने समयलाई व्यवस्थित बनाउनुभयो भने आगामी वर्षहरूमा तपाईंको मुटु, मांसपेशी, जोर्नी र मस्तिष्क स्वस्थ राख्न मद्दत पुग्न सक्छ।
काठमाडौँ– बाढी पहिरोका कारण गण्डकी र कर्णाली प्रदेशका विभिन्न स्थानमा सडक यातायात प्रभावित भएको छ । नेपाल प्रहरीले प्रहरीले म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ बैसरीमा पहिरो खस्दा बेनी–जोमसोम सडकखण्ड एकतर्फी सञ्चालनमा रहेको जनाएको छ । त्यस्तै, गोरखाको आरुघाट गाउँपालिका–२, ३ र ४ तथा नयाँपुल क्षेत्रमा बाढीका कारण सडक अवरुद्ध भएको छ । सोतिगाउँस्थित फलामे पुल बगाउँदा आरुघाटबाट धार्चे […]
अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–२ मा मोटरसाइकल दुर्घटना हुँदा बाबुछोराको घटनास्थलमै मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) दिवस जिसीका अनुसार गएराति लु ६४ प ७४७१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा भूमिकास्थान नगरपालिका–८ निवासी अन्दाजी ६२ वर्षीय देवीराम आचार्य र उनका २३ वर्षीय छोराको मृत्यु भएको हो। भूमिकास्थान नगरपालिका–२, भूमेकाथान क्षेत्रमा […]
RajdhaniDaily.com | काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलद्वारा सञ्चालित निःशुल्क बस सेवाबाट दसैँ पर्वका अवसरमा काठमाडौं उपत्यकामा तीन हजार ५८५ यात्रुले लाभ लिएका छन् । -