त्रिविमा हुबहु प्रश्नपत्र बनाउने चार प्राध्यापकलाई कारबाही

त्रिभुवन विश्वविद्यालयले प्रश्नपत्रमा लापर्बाही गर्ने चार शिक्षकलाई कारबाही गरेको छ । त्रिवि कार्यकारी परिषद्को बैठकले प्रश्नपत्र हुबहु बनाउने प्राध्यापकलाई तीन वर्षसम्म त्रिविअन्तर्गतका कुनै पनि क्याम्पसमा पढाउन नपाउने र तीन वर्षसम्म कुनै पनि परीक्षामा संलग्न नगराउने गरी कारबाही गरिएको त्रिविद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । त्रिविले बीबीए छैटौँ सेमेष्टरअन्तर्गत असार २२ गते भएको ‘एमजीटी २०३ः …