नेपाली प्रहरीका ५ डीआईजीलाई एआईजीमा बढुवा गर्न सिफारिस

नेपाल प्रहरीका ५ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) लाई अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्न सिफारिस गरिएको छ । सोमबार गृह मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले बढुवा सिफारिस गरेको हो । समितिले उत्तमराज सुवेदीलाई १ नम्बरमा एआईजी बढुवा गर्न सिफारिस गरेको छ । डीआईजीहरू अरुणकुमार बिसी,दिवेश लोहनी, मुकुन्दराज आचार्य र पुजा सिंहलाई एआइजीमा बढुवा गर्न सिफारिस गरिएको छ ।

सम्बन्धित सामग्री

नेपाल प्रहरीका पाँच डीआईजी एआईजीमा बढुवा

काठमाडौं : सरकारले नेपाल प्रहरीका पाँचजना नायब महानिरीक्षक (डीआईजी)लाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्ने निर्णय गरिएको छ।सोमबार बसेको मन्त्रिपरिषदको बैठकले  बढुवाका लागि सिफारिस गरिएका पाँच डीआईजीलाई एआईजीमा बढुवा गर्ने निर्णयलाई सदर गरेको हो।मन्त्रिपरिषदको निर्णयसँगै उत्तमराज सुवेदी, अरुणकुमार बिसी, दिवेस लोहनी, मुकुन्दराज आचार्य र पूजा सिंह एआईजीमा बढुवा भएका हुन्।

नेपाल प्रहरीका पाँच डीआईजी एआईजीमा बढुवा

काठमाडौं । सरकारले नेपाल प्रहरीका पाँच जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) हरूलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले गृह मन्त्रालयको बढुवा समितिको बैठकले सिफारिस गरेका पाँच डीआईजीहरुलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो । मन्त्रपरिषद्ले एक नम्बरमा उत्तम सुवेदी, दोस्रोमा अरुणकुमार बीसी र तेस्रोमा दिवेश लोहनीलाई एआईजीमा बढुवा […]

पाँच डीआईजी एआईजीमा बढुवा

काठमाडौं- सरकारले पाँचजना डीआइजीलाई एआईजीमा बढुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले पाँच डीआईजीलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो । डीआईजीहरू उत्तम सुवेदी, अरुणकुमार बीसी, दिवेश लोहनी, मुकुन्दराज आचार्य र पूजा सिंह एआईजीमा बढुवा भए छन् । गृह मन्त्रालयअन्तर्गतको बढुवा समितिको सचिवालयले ९ जेठमा उनीहरुको नाम बढुवाका लागि सिफारिस गरेको थियो । डीआईजी सुवेदी […]

नेपाल प्रहरीका ५ डिआइजी एआईजीमा बढुवा

काठमाडौँ । नेपाल प्रहरीका पाँच जना प्रहरी नायब महानिरीक्षक (डिआइजी) हरू प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवाका भएका छन् । गृह मन्त्रालयको बढुवा समितिको बैठकले सिफारिस गरेका पाँच डिआइजीहरूलाई एआईजीमा बढुवा गर्ने निर्णय सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको हो । मन्त्रिपरिषद्ले १ नम्बरमा उत्तम सुवेदी, दोस्रोमा अरुणकुमार बिसी र तेस्रोमा दिवेश लोहनीलाई एआईजीमा बढुवा गरेको […]

सशस्त्रका डीआईजी सिपी गौतमलाई एआईजीमा बढुवा गर्न सिफारिस

सशस्त्र प्रहरी बलका नायव महानिरीक्षक चन्द्र प्रकाश गौतमलाई अतिरिक्त महानिरीक्षकमा बढुवा गर्न सिफारिस गरिएको छ । जेठ ९ मा बसेको बढुवा समितिले उनलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको बढुवा समितिको सचिवालयले जनाएको छ ।वैशाख १९ पछि सशस्त्रमा दुईवटा एआईजीको पद खाली थियो । तर, वैशाख २१ मा गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डे नेतृत्वको बढुवा समितीले डीआईजी नारायणदत्त पौडेललाई मात्र एआईजीमा बढुवा गर्न मन्त्रिपरिषदलाई सिफारिस गरेको थियो । पौडेललाई मन्त्रिपरिषद्ले जेठ ६ मा एआईजीमा एकल बढुवा गरेको थियो ।&n

सशस्त्रका डीआईजी गौतम एआईजीमा बढुवा सिफारिस

काठमाडौँ – सशस्त्र प्रहरी बलका नायव महानिरीक्षक (डीआईजी) चन्द्रप्रकाश गौतम अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा सिफारिस भएका छन् । गृह मन्त्रालयमा सोमबार बसेको बढुवा समितिको बैठकले उनलाई रिक्त एआईजी पदमा सिफारिस गरेको हो । उनीविरुद्ध उजुरी दिनका लागि एक साताको समय छ। त्यसपछि सरकारले उनलाई एआईजीमा बढुवा तथा पदस्थापन गर्नेछ । गौतमले ३ वैशाख २०५२ मा […]

डीआईजी वसन्त लामा एआईजीमा बढुवा सिफारिस

डीआईजी बसन्त लामा एआईजीमा बढुवा सिफारिस भएका छन् । बढुवा समितिको शुक्रबार बसेको बैठकले रिक्त रहेको एआईजी पदमा लामालाई बढुवा सिफारिस गरेको हो ।  समितिको बैठकको निर्णयअनुसार प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम (४) अनुसार जानकारीका लागि गृहमन्त्रालयले सूचना समेत प्रकाशित गरिसकेको छ । लामा हाल प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत छन् । उनी बढुवा भएमा पनि आगामी जेठ ८ देखि ५६ वर्षे उमेर हदका कारण अनिवार्य अवकाशमा जानेछन् ।

सशस्त्रका डीआईजी पौडेललाई एआईजीमा बढुवा गर्न सिफारिस

सशस्त्र प्रहरी बलका डीआईजी नारायणदत्त पौडेललाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्न सिफारिस गरिएको छ । गृहसचिव टेकनारायण पाण्डे नेतृत्वको बढुवा समितिको बैठकले बुधवार उनलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो । वैशाख १६ मा सशस्त्र प्रहरीको एआईजीमा बढुवाका लागि सूचना जारी गरिएको थियो । सशस्त्रमा एआईजीको दुई पद खाली भएपनि बढुवा समितिले एक सिटमा मात्रै बढुवा निकालेको छ ।

मन्त्रिपरिषद् बैठक–थापा एआईजीमा बढुवा

नेपाल प्रहरीको एआईजीमा सहकुल बहादुर थापा बढुवा भएका छन् ।  मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले डीआईजी थापालाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो । बढुवा समितीले असार १४ मा थापालाई एआईजीमा बढुवा गर्न सिफारिस गरेअनुसार मन्त्रिपरिषदले सो सिफारिसलाई सदर गरेको एक मन्त्रीले जानकारी दिए । यससँगै थापाले आगामी आईजीपीका लागि विश्वराज पोखरेलसँग प्रतिस्पर्धा गर्नेछन् । यसअघि पोखरेल आईजीपीका एक्ला दावेदार रहेका थिए ।

सहकुल थापालाई एआईजीमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ । मन्त्रिपरिषद्ले प्रहरीका नायव महानिरीक्षक सहकुल बहादुर थापालाई अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्ने निर्णय गरेको छ । बढुवा समितिले असार १४ मा थापालाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो । बिहीबार बसको मन्त्रिपरिषद्को बैठकले बढुवा समितिको सिफारिसलाई सदर गरेको हो ।एआईजीमा बढुवा भएका थापाले प्रहरी महानिरीक्षकमा विश्वराज पोखरेलसँग प्रतिस्पर्धा गर्नेछन् । हालका आईजिपी शैलेश थापा क्षेत्रीले १९ वैशाख २०७९ मा अवकाश पाउनेछन् । उनको अवकाश पछि नियुक्त हुने महानिरीक्षकमा पोखरेलसँग र थापा