कच्ची सडकमा पानी जमेपछि सवारी साधन सञ्चालनमा कठिनाइ

सिमकोट – कर्णाली करिडोरको सिमकोट हिल्सा सडकखण्डको ओख्रेनमा यातायातका साधन सञ्चालनमा कठिनाइ भएको छ। कच्ची सडकमा वर्षाको पानी जमेर पोखरी बनेपछि यातायातका साधन सञ्चालन गर्न कठिन भएको हो। सिमकोट गाउँपालिका– ७ को ओख्रेन गाउँका मोटरसाइकल चालक नेत्रबहादुर शाहीले कर्णाली करिडोरको कच्ची सडकका खाल्डोमा पानी जमेर पोखरी बनेपछि यातायातका साधन सञ्चालन गर्न कठिन भएको बताए। उनले […]

सम्बन्धित सामग्री

तस्वीर: काठमाडौंको न्हयोखा स्थित सडकका खाडलमा फसेको पिकअप

काठमाडौं । काठमाडौंको न्हयोखा स्थित सडकका खाडलमा फसेको पिकअप । सडक मर्मतका क्रममा भत्काईएका सडकमा पानी पर्दा हिलाम्मे र घाम लाग्दा धुलाम्मे हुनेगरेको छ । यही सडक प्रयोग गर्दै ओहोरदोहोर गर्ने सवारी साधन सडकमा बनेका खाल्डाखुल्डीमा परेर दुर्घटना समेत हुने गरेको छ । तस्वीर : सुनिल शर्मा/आर्थिक अभियान

सडकभरि मेलम्चीको पानी : केयूकेएलमा बजेट न व्यवस्थापक

मेलम्चीको पानी वितरण गर्नेदेखि वितरणलाइन र ढल प्रणालीको मर्मत, सुधार र व्यवस्थापन गर्ने जिम्मा पाएको केयूकेएलमा न अधिकारसहितका व्यवस्थापक छन्, न पारित भएको वार्षिक बजेट तथा कार्यक्रम । यसले गर्दा संस्था नै ‘प्यारालाइज्ड’ अवस्थामा पुग्दा पानीका उपभोक्तादेखि सवारी साधन र पैदल यात्रुसम्म प्रभावित छन् ।

ललितपुरमा गाडीको आधा भाग पानीमा डुब्यो

२६ जेठ, काठमाडौं । केहीबेर पानी पर्नासाथ काठमाडौं उपत्यकाका सडक जलमग्न हुनु सामान्य जस्तै भइसकेको छ । पानीको उचित निकास नहुँदा सडकमा पानी जम्ने र सवारी साधन फस्ने गरेका छन् । यस्तै दृष्य आज पनि बागमती करिडोर अन्तर्गत ललितपुरमा देखियो । सानेपाबाट टेकु निस्किने कालो पुल मुनिको सडकमा जमेको पानीमा टाटा पिकअप भ्यान फसेको छ […]

आरुबारीमा मेलम्चीको ट्याङकी अघिको सडक नै पोखरी

राजधानी उपत्यकाबासीका लागि खानपानी सुविधा उपलब्ध गराउन गोकर्णेश्वर नगरपालिका–९ आरुबारीमा बनाइएको पानीट्याङकी अगाडिको सडक पनि पोखरी बन्दा आवतजावतमा समस्या भएको छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले निर्माण गरेको पानी पोखरीअघिको सडकको खाल्डो नपुर्दा केही दिनदेखि दैनिक भइरहेको वर्षाका कारण सडकमा पानी जमेर सवारी साधन र यात्रु आवतजावतमा समस्या भएको हो । बौद्ध …

मेलम्चीको खानेपानी सडकमा नै जमेपछि.....

वैशाख २६, काठमाडौं । मेलम्ची खानेपानी आयोजनाबाट ल्याइएको पानी जम्मा गरी ग्राहकका धारामा वितरण गर्न गोकर्णेश्वर नगरपालिका–९ आरुबारीमा बनाइएको पानीपोखरीअघिको सडकमा पानी जमेर आवतजावतमा समस्या भएको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले निर्माण गरेको पानी पोखरीअघिको सडकको खाल्डो नपुर्दा केही दिनदेखि दैनिक भइरहेको वर्षाका कारण सडकमा पानी जमेर सवारी साधन र यात्रु आवतजावतमा समस्या भएको हो । बौद्ध र जोरपाटीबाट आरुबारी हुँदै गोकर्ण, सुन्दरीजल, कपनलगायत स्थान जाने यो सडकमा आवतजावत गर्न समस्या भएको यात्रु रमिता लामाले गुनासो गरिन् ।            सडकमा बनेको गहिरो खाडलमा पानी जमेका कारण स्कुटर तार्न समस्या भएको उनले बताइन् । सडकमा जमेको पानी जाने निकास पनि नभएकाले यात्रु र सवारी साधान समस्यामा पर्ने गरेका छन् । राष्ट्रिय गौरवको आयोजना भए पनि काम गर्दा ध्यान नदिंदा समस्या भएको स्थानीयवासीको गुनासोे थियो । स्थानीयवासी पासाङ शेर्पाले वर्षाको पानी जमेको वा पानी पोखरीमै चुहावट भएको भन्न नसकिने बताए ।            ठूलो पानी पोखरी भएको स्थानमा निर्देशनालयका कोही कर्मचारीसमेत नभेटिंदा के भएको हो भन्ने अन्योल र त्रासमा बस्नुपरेको उनको भनाइ थियो । निर्देशनालयका आयोजना निर्देशक राजेन्द्र सापकोटाले पानीपोखरीको चुहावट नभएको बताए। पानीपोखरी निर्माण भएपछि त्यसअघिको सडक कालोपत्र गर्न बाँकी रहेकाले पानी जमेको हुनसक्ने उनको भनाइ छ । पोखरीमा वैशाख पहिलो सातादेखि पानी आउन थालेको थियो । सुन्दरीजलमा प्रशोधन भएको मेलम्चीको पानी काठमाडौं उपत्यकाका १० ओटा पानी पोखरीमार्फत् ग्राहकको धारामा वितरण गरिन्छ । रासस