म्युजिक भिडियोसहित शान्ति शर्माको कविता संग्रह ‘सपनाको समाधि’

काठमाडाैं : कवयित्री शान्ति शर्माको कविता संग्रह ‘सपनाको समाधि’ बजारमा आएको छ।शनिबार काठमाडौंमा एक कार्यक्रमका बीच नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति गंगाप्रसाद उप्रेतीले सो कविता संग्रह विमोचन गरेका छन्।कार्यक्रममा बोल्दै कवयित्री शर्माले आफ्नो जन्मभूमि सोलुखुम्बुको परिवेशलाई समेटेर कविता संग्रह रचना गरिएको बताइन्। कविता संग्रहमा प्रेम, प्रकृति र समसामयिक विषयबस्तुहरुलाई उठान गरिएको पनि उनकाे भनाई थियो।साझा प्रकाशनले प्रकाशित गरेको सो कविता संग्रहमा तिमीसँग छुट्ने बेला, तिमी ह