राष्ट्रियसभा निर्वाचन आचारसंहिता आजदेखि लागू, उल्लंघन गरे उम्मेदवारी रद्द :: Pahilopost.com

काठमाडौँ: राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गत आजदेखि निर्वाचन आचारसंहिता लागू भएको छ। माघ २४ गतेका लागि तय भएको निर्वाचनका लागि आजदेखि आचारसंहिता लागू भएको निर्वाचन आयोगले जनाएको छ। निर्वाचन आचारसंहिता राजनीतिक दल, उम्मेदवार तथा सञ्चारमाध्यमलाई समेत लागू हुनेछ। आचारसंहिता नेपाल सरकार, सरकारका मन्त्री, प्रदेश सरकार तथा स्थानीय तहमा पनि लागू हुनेछ।