कैलारी गाउँपालिकाले बाढीपीडितका लागि ३ करोडको खाद्य बैंक स्थापना गर्ने, हिउँदे बालीमा शत प्रतिशत अनुदान

कैलाली जिल्लाको कैलारी गाउँपालिकाले बाढी प्रभावितहरूका लागि तत्काल ३ करोडको खाद्य बैंक स्थापना गर्ने भएको छ । बाढीले गर्दा भित्र्याउन लागेको ठूलो मात्रामा धानबालीमा क्षति भएपछि सो गाउँपालिकाले भोकमरीको समस्या आउन नदिन खाद्य बैंक स्थापना गर्ने निर्णय गरेको हो । गाउँपालिका अध्यक्ष लाजुराम चौधरीको अध्यक्षतामा बुधबार बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले खाद्य बैंक स्थापनाका लागि कोष स्थापना गर्ने लगायत निर्णय गरेको हो। अध्यक्ष चौधरीले केही विकास बजेटलाई कटौती गरी तत्काल ३ करोड बराबरको रकम सोही कोषमा जम्मा गर्ने निर्णय भए...