‘गडफादर’ सुटिङका लागि नेपाल आउँदै सलमान र चिरञ्जीवी

दक्षिण भारतीय सुपरस्टार अभिनेता चिरञ्जीवी र बलिउड सुपरस्टार सलमान खानको अभिनय रहने फिल्म  ‘गडफादर’को सुटिङ नेपालमा हुने भएको छ । फिल्म युनिटका एक सदस्य राजेन्द्र घिमिरेले फिल्मको छायांकन जोमसोम आसपासका स्थानमा हुने जानकारी दिए । घिमिरे नेपाली मुलका हुन् ।फिल्ममा चिरञ्जीवीको मुख्य भुमिका रहने छ, भने सलमान खानले उनको भाइको भूमिकामा अभिनय गर्नेछन् । फिल्ममा नयनताराको पनि मुख्य भुमिका रहनेछ । घिमिरेका अनुसार चिरञ्जीवी, सलमान र नयनतारा सहित फिल्म युनिट आगामी सेप्टेम्बरमा नेपाल आ