ओमिक्रोन नियन्त्रणका लागि प्रदेश सरकार तयारी अवस्थामा छ: मन्त्री यादव

विराटनगर प्रदेश १ का सामाजिक विकास मन्त्री जयराम यादवले कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ नियन्त्रणका लागि प्रदेश सरकारले तयारी अवस्थामा रहेको बताएका छन्।...

सम्बन्धित सामग्री

बालश्रम अन्त्यको मूलमन्त्र शिक्षा : मन्त्री यादव

मधेश प्रदेशका शिक्षा तथा समाज कल्याण मन्त्री महेश यादवले शिक्षा नै बालश्रम अन्त्यको मूलमन्त्र भएको भन्दै शिक्षालाई व्यवस्थित गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

ठोरीको पर्यटन प्रवर्द्धनका लागि सरोकारवालाको प्रतिबद्धता

वीरगञ्ज । पर्साको ठोरी क्षेत्रमा पर्यटन प्रवर्द्धनका लागि सरोकारका पक्ष एकजुट भएका छन् । सोमवार होटल तथा पर्यटन व्यवसायी संघ वीरगञ्जले ठोरीमा आयोजना गरेको ‘ठोरीको पर्यटन प्रवर्द्धनमा सरोकारवालाहरूको भूमिका’ विषयक अन्तरक्रियाका सहभागीले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् । मधेश प्रदेशका उद्योग पर्यटन तथा वनमन्त्री सुनिता यादवले भारतीय सिमानासँग जोडिएर रहेको ठोरी क्षेत्रमा पर्यटनको पर्याप्त सम्भावना रहेको भन्दै प्रवर्द्धनमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताइन् । ‘मधेशमा उद्योग, व्यापार र कृषिसँगै पर्यटनको पनि पर्याप्त सम्भावना छ,’ उनले भनिन्, ‘यो सम्भावनाको उपयोगका लागि प्रदेश सरकार सधैं तत्पर छ ।’ विगतमा मधेशको पर्यटन प्रवर्द्धनमा सन्तोषजनक काम हुन नसकेको भनाइ उनको थियो । मधेश सरकारले अब सरोकारका पक्षसँग सहकार्य गरेर अघि बढ्ने उनले स्पष्ट पारिन् । ठोरी गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले प्रदेश सरकारले ठोरीको पर्यटकीय सम्भावना उपयोगमा सहयोग नगरेको गुनासो गरे । मधेश सरकारले विगतमा ठोरीको पर्यटन विकासका लागि १० करोड रुपैयाँ दिने आश्वासन दिएर निकासा भने नदिएको उनले बताए । सो रकम चालू आर्थिक वर्षमा उपलब्ध गराउन मन्त्रीसँग आग्रह पनि गरे । वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिलकुमार अग्रवालले ठोरी क्षेत्र पर्यटकीय दृष्टिले निकै सम्भाव्य रहेको बताए । पर्यटन प्रवर्द्धन र यसको अवसर उपयोगमा निजीक्षेत्र सधैं तयार र सचेत रहेको उनले प्रस्ट पारे । होटल तथा पर्यटन व्यवसायी संघ वीरगञ्जका अध्यक्ष हरि पन्तले पर्यटन प्रवर्द्धनका नाममा भ्रष्टाचार बढी भएको आरोप लगाए । अब पनि पर्यटनको बजेटमा भ्रष्टाचार भए त्यसको हिसाब खोज्न प्रदेश राजधानी जनकपुर नै पुग्ने चेतावनी अध्यक्ष पन्तले दिए । सो अवसरमा संघले मन्त्री यादव र वीरगञ्ज उद्योग वाणिज्य संघका नवनियुक्त पदाधिकारीलाई सम्मान समेत गरेको थियो ।

सञ्चारमाध्यमको विकास र समृद्धिका लागि प्रदेश सरकार प्रतिबद्ध : मन्त्री यादव

जनकपुरधाम। प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवले प्रदेशको रेडियो सहितका सबै सञ्चार माध्यमको विकास र समृद्धिका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन्।

शहीदको सपना सकार गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री यादव

मधेश प्रदेश सरकारका विना विभागीय मन्त्री सन्जय यादवले शहीदको सपना सकार गर्न मधेश सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ । वदिलानी दिवसको अवसरमा लहानको सहिद पार्कमा सहिदहरुलाई माल्यापर्ण कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताउनुभएको हो ।