खानेपानीको दुई करोड बढी बक्यौता उठ्न बाँकी

भरतपुर खानेपानी व्यवस्थापन बोर्डमा रु दुई करोड ५६ लाख १८ हजार ३५८ महसुल बक्यौता उठ्न बाँकी रहेको छ । महसुल नतिर्नेमा सरकारी कार्यालय, विभिन्न सङ्घसंस्थादेखि व्यक्तिगत घरसम्म रहेको बोर्डका प्रशासन शाखा प्रमुख तथा सूचना अधिकारी सञ्जय बरालले जानकारी दिए । उनका अनुसार आर्थिक वर्ष २०७६/७७ को असारसम्मा रु एक करोड ३० लाख ४८ हजार महसुल उठाउन बाँकी थियो । चालु आव २०७७/७८ को साँढे पाँच महिनामा रु एक करोड २५ लाख ७० हजार ३५८ थपिएको हो । पटक–पटक ताकेता गर्दा पनि महसुल उठाउन नसकिएको उनले बताए । नतिर्नेलाई पटक&nda...