२३९३ मतपत्र गणना हुँदा गणेश लामा अन्तिम ३५ बाट बाहिरिए

नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यको २३९३ मतपत्र गणना हुँदा विवादास्पद विगत भएका गणेश लामा अन्तिम ३५ भित्रबाट बाहिरिएका छन् । उनी ८८८ मतका साथ ३६ औं स्थानमा रहेका छन् । यसअघि उनी अन्तिम ३५ भित्र अटाउँदै आएकामा पछिल्लो मतपरिणामबाट भने रिङ आउट भएका हुन् । काँग्रेसको खुला केन्द्रीय सदस्यमा ९९ जनाले उम्मेदवारी दिएकामा ३५ जना मात्रै निर्वाचित हुन्छन् । बाँकी मतगणना आइतबार बिहान ९ बजेपछि पुनः सुरु हुनेछ ।  

सम्बन्धित सामग्री

मलाई गुण्डा नाइके भनेकाे सुन्दा दु:ख लाग्छ : गणेश लामा

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट खुला केन्द्रीय सदस्यमा निर्वाचित गणेश लामा चर्चामा छन् । ९९ उम्मेदवारमध्ये लामा १७८२ मतसहित खुलातर्फ ३५ जना केन्द्रीय सदस्यभित्र पर्न सफल भए । विगतमा ‘गुण्डा नाइके’ र ‘डन’को छवी भएका लामा विजय गच्छदारसँगै २०७४ को चुनावअघि पार्टी फोरम लोकतान्त्रिक समायोजन गरेर कांग्रेसमा आएका थिए । फोरममा केन्द्रीय सदस्य रहेका […] The post मलाई गुण्डा नाइके भनेकाे सुन्दा दु:ख लाग्छ : गणेश लामा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

गणेश लामा कांग्रेस केन्द्रीय सदस्यमा विजयी

विवादित पृष्ठभूमिका गणेश लामा काँग्रेस केन्द्रीय सदस्यमा विजयी भएका छन् । आइतबार सम्पन्न खुला केन्द्रीय सदस्यको मतगणनाअनुसार काभ्रेका लामा केन्द्रीय सदस्यमा विजयी भएका हुन् । उनले १७८२ मत पाएर विजय हासिल गरे । उनी विजय कुमार गच्छदारको कोटामा शेरबहादुर देउवा प्यानलबाट केन्द्रीय सदस्यको उम्मेदवार रहेका थिए । गच्छदार भने उपसभापतिमा दुई मतले पराजित भएका थिए ।

कांग्रेस केन्द्रीय सदस्यमा गणेश लामा विजयी

काठमाडौं, ४ पुस । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा गणेश लामा विजयी भएका छन् । आइतबार राति सम्पन्न खुला केन्द्रीय सदस्यमा सभापति शेरबहादु देउवापक्षको वर्चश्व रहेको छ । ३५ जना चयन गर्नका लागि भएको मतगणनामा ९९ जना उम्मेदवार रहेका थिए । त्यसमध्ये ९ जना मात्र शेखर कोइराला पक्षकाले जितेका छन् । ३५ जनामा देउवापक्षबाट निर्माण […]

गणेश लामा अन्तिम ३५ को सूचीमा अटाए

नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यतर्फको मतगणना जारी छ । हालसम्म १५८९ मतपत्र गणना हुँदा विवादास्पद पृष्ठभूमिका गणेश लामा  अन्तिम ३५ मा अटाएका छन् । यस्तै पत्रकारिताबाट राजनीतितर्फ लागेका अजयबाबु सिवाकोटी पनि अहिलेसम्म अन्तिम ३५ मै छन् । लामाले ५८९ मत पाएर ३० औं स्थान हासिल गरेका छन् भने सिवाकोटीले ५७५ मत पाएका छन् ।

गणेश लामा कांग्रेस केन्द्रीय सदस्यको उम्मेवार

२६ मंसिर, काठमाडौं । गुण्डा नाइकेका रुपमा चिनिएका गणेश लामा पनि कांग्रेस महाधिवेशनमा उम्मेदवार बनेका छन् । नेपाली कांग्रेसको केन्द्रीय सदस्यका लागि उनले खुलातर्फको केन्द्रीय सदस्य पदमा उम्मेवदारी दिएका हुन् । ठमेलमा रेस्टराँको बाउन्सर हुँदा गुण्डा नाइके दीपक मनाङ्गेसँग चिनजान भएपछि उनी गुण्डागर्दीको दुनियाँमा आएका थिए । पछि मनाङ्गेसँग छुट्टिएर उनले छुट्टै समूह चलाएका थिए […]

गणेश लामा कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचित

काठमाडौँ – गणेश लामा कांग्रेसको महाधिवेशन प्रतिनिधि चयन भएका छन्। विजयकुमार गच्छदार नेतृत्वको तत्कालीन फोरम लोकतान्त्रिकमा आबद्ध लामा पार्टी एकीकण भएसँगै कांग्रेसको राजनीतिमा सक्रिय थिए। उनी काभ्रेपलाञ्चोक प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट १४औँ महाधिवेशनका लागि चयन भएका हुन्। फोरममा आबद्ध हुनुअघिसम्म उनी गुण्डा नाइकेका रुपमा परिचित थिए।

मनाङेलाई मनाएर पोखराबाट फर्किए गणेश लामा

पोखरा, २८ जेठ । गण्डकी प्रदेशमा नेपाली काँग्रेसका कृष्णचन्द्र नेपालीको पक्षमा दिपक मनाङेलाई ल्याउने भूमिका खेलेर गणेश लामा पोखराबाट काठमाडौंतर्फ लागेका छन् । मनाङेले नेपालीको पक्षमा हस्ताक्षर समेत गरेर प्रदेश प्रमुखको कार्यालय पुग्ने अवस्था बनाएपछि लामा फर्किएका हुन् । लामा २६ जेठको राति पोखरा पुगेर मनाङेलाई भेटेका थिए । काँग्रेस कार्यकर्ता समेत रहेका लामाले आफूलाई […]

दुई हजार जरिमाना तिरेर छुटे गणेश लामा

पोखरा । पोखराको एक रेष्टुरेन्टबाट बिहीबार पक्राउ परेका डन छविका काँग्रेट निकट गणेश लामा रिहा भएका छन् । निषेधाज्ञा तोडेर पोखरा आएको आरोपमा प्रहरीले उनीसहित ३ जनालाई समाएको थियो । नियन्त्रणमा लिई बिहीबारदेखि बैदाम प्रहरी चौकीमा राखेकोमा जिल्ला प्रशासन कार्यालय कास्कीबाट आदेश आएपछि शुक्रबार दिउँसो ३ बजेतिर रिहा गरिएको हो । राजनीतिक चलखेलका लागि […] The post दुई हजार जरिमाना तिरेर छुटे गणेश लामा appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Dainik.

जरिवाना तिरेर छुटे गणेश लामा

पोखरा / दीपक मनाङेलाई भेट्न पोखरा आउँदा पक्राउ परेका नेपाली कांग्रेसका नेता गणेश लामा जरिवाना तिरेर छुटेका छन् । जिल्ला प्रशासन कार्यालय कास्कीका अनुसार पोखरा लेकसाइडबाट बिहीबार पक्राउ परेका लामासहित ३ जनालाई ३/३ हजार रुपैयाँ जरिवाना लिएर छाडिएको छ । The post जरिवाना तिरेर छुटे गणेश लामा appeared first on Purbeli News.

गणेश लामा पोखरामा पक्राउ

काठमाडौं, २७ जेठ । ग्याङस्टरको परिचय बनाएका गणेश लामा पक्राउ परेका छन् । उनलाई कास्की प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कास्कीले उनलाई नियन्त्रणमा लिएको पुष्टि गरेको छ । लामालाई वैद्यामस्थित प्रहरी प्रभागमा राखिएको कास्कीका एक प्रहरी अधिकारीले बताए । निषेधाज्ञाको बेलामा काठमाडौंबाट पोखरा आएकोले गणेश लामालाई नियन्त्रणमा लिइएको हो, ती प्रहरी अधिकृतले […]