जुलाई १५ सम्म नेपालबाट जानेलाई फिलिपिन्समा प्रवेश नदिइने

काठमाडौं।फिलिपिन्सले जुलाई १५ सम्म नेपालबाट जाने नेपाली तथा अन्य देशका नागरिकलाई आफ्नो देशमा प्रवेश नदिने भएको छ। नेपालमा कोरोना भाइरसको संक्रमण बढेका कारण फिलिपिन्सले नेपालबाट आउने यात्रुमाथि अस्थायी प्रतिबन्ध लगाएको हो। नेपालीलाई अनअराइभल भिसा दिने विश्वका थोरै राष्ट्रमध्ये फिलिपिन्स पनि एक हो। फिलिपिन्सले नेपालसहित भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, ओमान र युनाइटेड अरब इमिरेट्सबाटबाट आउने यात्रुमाथि पनि प्रतिबन्ध लगाएको छ।