पिपल्स च्वाइस अवार्डको मनोनयन सार्वजनिक

काठमाडौं । १८औं संस्करणको पल्सर स्पोर्ट्स अवार्ड २०७७ अन्तर्गत पिपल्स च्वाइस अवार्डका लागि ५ खेलाडीको मनोनयन सार्वजनिक भएको छ । मनोनयनमा पर्ने खेलाडीमा फुटबलकी एन्जिला तुम्बापो सुब्बा, एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठ, टेबल टेनिसकी एलिना महर्जन, ब्याडमिन्टनका प्रिन्स दाहाल र क्रिकेटका कुशल भुर्तेल रहेका छन् । आयोजक नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले चैत दोस्रो साता हुने […]

सम्बन्धित सामग्री

पिपल्स च्वाइसको मनोनयन सार्वजनिक

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड-२०७९ अन्तर्गत पिपल्स च्वाइस अवार्ड विधाको मनोनयन सार्वजनिक गरिएको छ । अवार्ड आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले बुधबार एक कार्यक्रमबिच पाँच जना खेलाडी मनोनयन सार्वजनिक गरेको हो ।

पल्सर स्पोर्टस अवार्ड चैत ८ मा

यस वर्षको पल्सर स्पोर्टस अवार्ड चैत ८ गते आयोजना हुने भएको छ । आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले आईतबार पत्रकार सम्मेलन गरेर १८ औं संस्करणको अवार्डको मिति सार्वजनीक गरेको हो । मञ्चका अध्यक्ष दुर्गानाथ सुबेदीले कोभिडका कारण गत वर्ष कमै मात्र प्रतियोगिता आयोजना भएका कारण यस वर्ष फरक स्वरुपमा अवार्ड गरिने बताए । उनले पछिल्ला १० वर्षमा नेपाली खेलकुदमा ईतिहास कायम गरेका व्यक्तिलाई यस वर्ष सम्मानित गरिने बताए । आयोजकका अनुसार यस वर्ष सर्वोत्कृष्ट दशक पुरुष खेलाडी, सर्वोत्कृष्ट दशक महिला खेलाडी, सर्वोत्कृष्ट दशक प्रशिक्षक, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाईफटाइम एचिभमेन्ट अवार्ड, एसियन स्पोर्टस जर्नालिस्ट अवार्ड र पिपल्स च्वाइस अवार्ड विधामा पुरस्कृत गरिनेछ । दशक अवार्ड भएका कारण यस वर्ष सर्वोत्कृष्ट युवा खेलाडीको विधा भने समावेश नगरिने आयोजकले जनाएको छ । मञ्चका महासचिव प्रज्वल ओलीले अवार्डका लागि मञ्चको खेलाडी छनोट समितिले आवश्यक गृहकार्य सुरु गरिसकेको बताए । उनले दशक खेलाडी पुरुष, महिला, प्रशिक्षकको छनोट कार्य सुरु भइसकेको जानकारी दिए । ओलीका अनुसार पारा एथलिट, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोर्टस जर्नालिस्ट अवार्डका विजेता कार्यक्रमकै दिन घोषणा गरिनेछ भने पिपल्स च्वाइस अवार्डका लागि भने छिटै मनोनयन सार्वजनिक गरिनेछ ।  आयोजकका अनुसार दशक खेलाडी पुरुष, महिला, प्रशिक्षक र पिपल्स च्वाइस गरी चार विधाका विजेतालाई बजाज पल्सर मोटरसाइकल प्रदान गरिनेछ । अन्य विधाका विजेतालाई जनही ५० हजार रुपैयाँसहित विभिन्न गिफ्ट ह्याम्पर प्रदान गरिनेछ । अवार्ड कार्यक्रमलाई सफल बनाउन मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी (देवेन्द्र)को अध्यक्षतामा मूल आयोजक समिति गठन गरिएको छ । हरेक वर्ष जस्तै पल्सर स्पोर्टस अवार्डको मुख्य प्रायोजकको रुपमा हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालीको बजाज पल्सर मोटरसाईकल रहनेछ ।