सप्तरीका विपन्न परिवारलाई महिला विकास क्लबद्वारा कम्बल सहयाेग

सप्तरी – सप्तरीकाे धर्मी हल्फा महिला विकास क्लबले गरिब तथा विपन्न परिवारलाई कम्बल वितरण गरेकाे छ । विगत केही दिनदेखि सप्तरी सहित तराईका जिल्लाहरुमा बढेको अत्याधिक चिसोबाट जोगिन  मरिक (डोम) र सदा (मुसहर) समुदायलाई क्लबले कम्बल वितरण गरेको हाे । एक्कासि बढेको जाडोबाट प्रभावित सप्तरीको रूपनी गाउँपालिका-६ वीरेन्द्र बजारका भूमिहीन तथा अति विपन्न सदा समुदायमा र अग्निसाइर कृष्णासवरन गाउँपालिका-२ सीतापुर भुरकीका मरिक समुदायलाई एक/एक थान कम्बल वितरण गरेको  संस्थाका अध्यक्...