काठमाण्डाै - त्रिदेशीय टी-ट्वान्टी क्रिकेट श्रृङ्खला अन्तर्गत मलेसियासँगको खेलमा नेपालले आफ्नो अन्तर्राष्ट्रिय टी-ट्वान्टी प्रतियोगिताकै दोस्रो ठूलो स्कोर बनाएको छ ।
मलेसियासँगको खेलमा नेपालले सात विकेट गुमाएर दुई सय १७ रन बनायो, यो स्कोर नेपालले बनाएको सर्वाधिक दोस्रो ठूलो स्कोर हो ।
नेपालले सबैभन्दा धेरै रन भुटानसँगको खेलमा बनाएको थियो । सन् २०१९ को दक्षिण एसियाली खेलकुद सागमा कीर्तिपुर मैदानमै भुटानसँगको खेलमा नेपालले तीन विकेट गुमाएर दुई सय ३६ रन बनाएको थियो । त्यो स्कोर नै नेपालले अन्तर्राष्ट्रिय टी-ट्वान्टी क्रिकेटम...