जापान, दक्षिण कोरिया र अमेरिकाले आइतबारदेखि संयुक्त युद्ध अभ्यास सुरु गरेका छन् । उत्तर कोरियाले शक्तिशाली अन्तरमहादेशीय ब्यालिस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेपछि आफूहरूले प्योङयाङको आणविक र क्षेप्यास्त्र खतराहरूको सामना गर्न संयुक्त अभ्यास गरेको यी तीन राष्ट्रहरूको भनाइ छ ।