महाधिवेशनमा उम्मेद्वारहरुको सूची तय गर्ने अधिकार अध्यक्ष ओलीलाई

काठमाडौं : नेकपा (एमाले)को १०औँ महाधिवेशनमा उम्मेद्वारहरुको सूची तय गर्ने अधिकार अध्यक्ष केपी शर्मा ओलीलाई दिइएको छ। अध्यक्ष ओलीलाई बन्दसत्रको हलले उम्मेद्वारको सूची प्रस्तुत गर्ने अधिकार दिएको केन्द्रीय सदस्य शेरबहादुर तामाङले जानकारी दिए। एमालेको १० औँ महाधिवेशन अन्तर्गत आज चितवनको सौराहामा बन्दसत्र भइरहेको छ।