अब जर्मन नागरिक पाँडेको सल्लाहमा चल्नेछ एन्फा नेतृत्व !

नेपाली फुटबल विगत दुई महिनादेखि विवादमा तानियो । त्यसको मुख्य कारक थिए, जर्मन नागरिक नविन पाँडे । पाँडेकै कारण यसअघि अखिल नेपाल फुटबल संघ (एन्फा) का तत्कालीन अध्यक्ष कर्माछिरिङ शेर्पा नेतृत्वको कार्यसमिति पनि विवादमा तानिएको थियो । पाँडेले एन्फाको विदेश विभाग प्रमुख पहिलेको कार्यसमिति हुँदा एक वर्षभित्र छोड्नु पर्यो भने अहिले दुई महिनामै । पाँडे पटक पटक विवादमा तानिँदै आएका छन् ।  वर्तमान कार्यसमितिबाट नियुक्तिको पहिलो दिनबाट विवादमा आएका पाँडेलाई एन्फाको दोस्रो कार्यसमिति बैठकले निर्ण

सम्बन्धित सामग्री

जर्मन महिलाको मृत्यु लडेर भएको हुनसक्ने प्रहरीको अनुमान

काठमाडौँ– ललितपुरको नागबहालस्थित ग्रीनतारा हेरिटेज होम एण्ड अपार्टमेन्टमा जर्मन नागरिक ५७ वर्षीया अडेलहेड स्नेकनवर्गको मृत्यु लडेर भएको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ। ललितपुरका प्रहरी प्रमुख एसएसपी शेखर खनालले उनी कोठामा लडेको अवस्थामा भेटिएको र टाउकोको पछाडि चोट लागेको हुँदा अत्यधिक रक्तस्राव भएर मृत्यु भएको प्रारम्भिक अनुसन्धानमा देखिएको बताए। ‘अहिलेलाई चाहिँ लड्दाखेरी पछाडि टाउकोमा चोट […]

ललितपुरमा जर्मन नागरिकको लडेर मृत्यु भएको आशंका

१५ माघ, काठमाडौं । ललितपुर महानगरपालिका–१६, नागबहालमा मृत अवस्थामा भेटिएकी जर्मन नागरिकको लडेर मृत्यु भएको आशंका गरिएको छ । घटनास्थलको प्रारम्भिक जाँच र फरेन्सिक विज्ञहरुसँगको छलफलपछि प्रहरीले जर्मन नागरिक एडिल एचिडको लडेर मृत्यु भएको हुनसक्ने आशंका गरिएको हो । यद्यपि, मृत्युको आधिकारिक कारण भने पोष्टमार्टम रिपोर्ट आएपछि खुल्नेछ । जिल्ला प्रहरी परिसर, ललितपुरका एसएसपी शेखर […]

मोटरसाईकल दुर्घटनामा जर्मन पर्यटकको मृत्यु

बेनीहुँदै जोमसोम तर्फ मोटरसाईकलमा सवार जर्मन नागरिक म्याट्रेड वि को दुर्घटनामा परी घटनास्थलमै मृत्यु भएको छ।बेनी–जोमसोम सडक अन्र्तगत पर्ने अन्नपूर्ण गाउँपालिका, ३ काप्रेभीरबाट मोटरसाईकल अन्दाजी ८० मिटर तल कालीगण्डकीमा खसेको थियो।...

सगरमाथा क्षेत्रमा सम्पर्कविहीन जर्मन नागरिक ५ दिन पछि फेला

साेलुखुम्बु – सोलुखुम्बुको सगरमाथा क्षेत्रमा सम्पर्कविहीन जर्मन नागरिक ५ दिनपछि फेला परेका छन् ।गएको शुक्रवारदेखि सोलुखुम्बुको खुम्बु क्षेत्रमा सम्पर्कविहीन बनेका जर्मन नागरिक डा. साखर गम आज साेमवार लबुचेमा फेला परेका प्रहरीले जनाएको छ । एक्लै खुम्बु भ्रमणमा आएका ७६ वर्षका गमलाई लबुचेमा रहेको एक होटलमा बिरामी अवस्थामा फेला पारिएको हो ।गएकाे शुक्रवार काठमाण्डाैबाट जहाजमार्फत लुक्ला ओर्लिएका उनी सम्पर्कविहीन भएका भन्दै नेपालमा रहेकाे जर्मन दूतावासले सोलुखुम्बु प्रहरीलाई खबर गरेकाे थिए । त्यसपछि नेपाल प्रहरी,...

जब नविन र जर्मन राइडरबीच अस्पतालमै विवाह भयो…

१ पुस, काठमाडौं । सबै कुरा सामान्य नै चलेको भए नेपाली राइडर नविन गिरी र जर्मन नागरिक इंकाबीच २७ मंसिरमा चन्द्रागिरिमा विवाह हुने थियो । आफन्त र साथीभाइलाई पनि दुवै पक्षले चन्द्रागिरिमा बोलाइसकेका थिए । विवाहका लागि इंकाका बुबाआमा र ठूली आमा जर्मनीबाट काठमाडौं ओर्लिएका थिए । तर, २६ गते राति नविनलाई एक्कासी थाम्नै नसक्ने […]

मुक्तिनाथ गएका चार जर्मन नागरिकसहित छ जनाको हेलिकोप्टरद्वारा उद्धार

काठमाडौं । हिमालपारीको जिल्ला मुस्ताङको प्रहरीले आज बिहान चार जना जर्मन नागरिकसहित छ जनाको हेलिकोटप्टरद्वारा उद्धार गरेको छ । गत असोज १७ गते डोल्पाको दुनैबाट पदमार्ग हुँदै मुस्ताङको मुक्तिनाथतर्फ हिडेका चार जर्मन नागरिक र दुई जना नेपाली गाइड गरी छ जनाको टोली डोल्पाको याकखर्कमा कार्तिक ४ गते पुगेका थिए । याकखर्क पुगेर पछिल्लो ३ दिनदेखि […]

ठमेलको होटलमा जर्मन नागरिक मृत फेला

काठमाडौँ– काठमाडौँको ठमेलमा एकजना जर्मनीका नागरिक मृत फेला परेका छन् । उनी ठमेलस्थित एक होटलको कोठामा मृत फेला परेको प्रहरी बृत्त स्रोहखुट्टेले जनाएको छ । प्रहरीका अनुसार तीन महिनादेखि सो होटलमा बस्दै आएका जर्मन नागरिक डेभिड मिट ज्याकट मृत भेटिएका हुन् । प्रहरीले यो विषयमा होटल सञ्चालकसँग सोधपुछ भइरहेको जनाएको छ ।

ठमेलमा होटेलको कोठाभित्र जर्मन नागरिक मृत भेटिए

काठमाडौंः ठमेलमा एक जर्मन नागरिक मृत अवस्थामा फेला परेका छन्। अन्दाजी ४० वर्षीय जर्मन नागरिक डेभिड मिट ज्याक बिहानी होटेलको कोठा भित्र मृत अवस्थामा फेला पारेको प्रहरीले जानकारी दिएको छ। ४० वर्षीय डेभिड तीन महिना अघि टुरिस्ट भिसामा नेपाल आएको देखिएको छ। २ सय १ नम्बर कोठामा उनी बेडमा मृत फेला…

जर्मन नागरिक ठमेलको एक होटलमा मृत भेटिए

काठमाडौँ । ठमेलमा एक जना जर्मन नागरिक मृत फेला परेका छन् । विहानी होटलको कोठाभित्र जर्मन नागरिक डेभिड मिट ज्याकट गएराति मृत फेला परेको प्रहरीले जनाएको छ । उनी तीन महिना देखि सो होटलमा बस्दै आएका थिए । उनको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ ।

ठमेलमा जर्मन नागरिक मृत फेला

ठमेलको एक होटलमा जर्मन नागरिक मृत अवस्थामा फेला परेका छन् । मृत भेटिएका जर्मन नागरिकको नाम डेविड मिटज्याकट रहेको खुलेको छ । ठमेलको विहानी होटलमा मिटज्याकको शव भेटिएपनि विस्तृत जानकारी खुलिनसकेको महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेका डीएसपी दुर्गा दाहालले जानकारी दिए ।उनका अनुसार ती नागरिक तीन महिना अघि पर्यटक भिसामा नेपाल आएको बुझिएको छ । शव पोष्टमार्टम गर्न त्रिवि शिक्षण अस्पताल लगेको र रिपोर्ट आएपछि घट्नाबारे थप बताउन सकिने प्रहरीले जनाएको छ । मृतकको नेपाली प्रेमिका भएको र उनलाई भेट्न नेपाल