अझै सुरु भएन प्रतिनिधिसभा बैठक

११ बजेका लगि बोलाइएको प्रतिनिधिसभा बैठक सवा घण्टा बित्दा समेत सुरु हुन सकेको छैन ।  बजेट निर्माणका सवालमा प्रमुख प्रतिपक्षले प्रश्न उठाएपछि अर्थमन्त्री शर्माले आज बस्ने संसद बैठकमा आफ्नो धारणा राख्ने तयारी छ ।तर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्मालाई रोष्ट्रममा बोल्न नदिने जनाएको छ । त्यसअघि माओवादीले एमालेसँग वार्ता गर्ने प्रयास भएपनि वार्ता हुन नसकेको बुझिएको छ ।