डिककले लिए टेस्ट क्रिकेटबाट सन्यास

दक्षिण अफ्रिकाका विकेट किपर ब्याटर क्विन्टन डिककले टेस्ट क्रिकेटबाट सन्यास घोषणा गरेका छन्। २९ वर्षीय डिककले भारतसँग पराजयलगत्तै परिवारलाई समय दिन भन्दै टेस्ट क्रिकेटबाट सन्यास घोषणा गरेका हुन्।डिककले २०१४ मा टेस्टमा डेब्यु  गरेका थिए। उनले ३८.८२ को औषतमा ३३०० रन प्रहार गरेका छन्। ५४ खेलमा ६ शतक र २२ अर्धशतक प्रहार गरेका डिककले यसअघि गत टि-२० विश्वकपमा रंगभेदी ब्यवहारविरुद्धको ऐक्यवद्धताका लागि घुँडा नटेकेको भन्दै एक खेलमा टिमबाहिर राखिएको थियो। पछि उनले माफी मागेपछि टिममा पुनरागमन गरेका थि