उपत्यकाका सात ट्राफिक कार्यालयमा मेसिनबाट ट्राफिक जरिवाना तिर्न सकिने

काठमाडौं । ट्राफिक प्रहरीले दिने सेवालाई थप सहज बनाउन काठमाडौं उपत्यकाका सातवटा ट्राफिक कार्यालयहरूमा ट्राफिक जरिवाना तिर्न सकिने मेसिन विस्तार गरिएको छ । सवारी चालकहरूले ट्राफिक नियम उल्लंघन गरेबापतको जरिवाना रकम प्रभु–पेको किअस्क मेसिनको प्रयोग गरी भुक्तानी गर्न सकिने व्यवस्था विस्तार गरिएको हो । यसअघि, यो व्यवस्था महानगरीय ट्राफिक प्रहरी महाशाखामा सञ्चालन...