काठमाडौं महानगरपालिकाले मनायो महानगर दिवस, ऐतिहासिक सम्पदाको पुनःनिर्माणमा ठूलो फड्को मार्‍यौं : मेयर शाक्य

काठमाडौं महानगरपालिकाले २७ औं महानगर दिवस धुमधामका साथ मनाएको छ । बुधवार काठमाडौंको वसन्तपुरमा एक कार्यक्रमको आयोजना गर्दै महानगर दिवस मनाइएको हो । दिवसका अवसरमा विभिन्न ४० वटा वुथबाट सेवाग्राही सर्वेक्षण, ज्येष्ठ नागरिकलाई निमोनियाको निःशुल्क खोप, मधुमेह, रक्तचाप र कोभिड परीक्षणसहितको वृहत स्वास्थ्य शिविर, विशेष सरसफाई, वाकथन, मैत्री फुटबल खेल, सांस्कृतिक कार्यक्रम, ‘सांस्कृतिक सहर, काठमाडौं महानगर’ विषयमा विद्यालय स्तरीय वक्तृत्वकला र निबन्ध लेखन प्रतियोगितालगायत कार्यक्रम आयोजना गरिएका थिए । कार्यक्...