गोरखा-२ मा प्रचण्डको जित निश्चित, अन्तिम नतिजा आउन बाँकी

गोरखा - गोरखाको निर्वाचन क्षेत्र नम्बर २ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल  दाहाल प्रचण्डको जित सुनिश्चित भएको छ ।  उहाँले २६ हजार १ सय ३ मत प्राप्त  गर्नु भएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटीले १२ हजार ६ सय ३६ मत पाउनु भएको छ । प्रचण्ड १३ हजार ४ सय ६७ मतले अगाडि हुनुहुन्छ । यस्तै, एमालेका अब्दुस मियाँले ७ हजार ३ सय ९२ मत ल्याउनु भएको छ । गोरखा २ मा ५४ हजार ५३ मत खसेको थियो । निर्वाचन आयोगले अन्तिम नतिजा सार्वजनिक गर्न बाँकी छ ।