बेँसीशहर–चामे सडक अन्तर्गत लमजुङ खण्ड खुल्यो : स्थानीयवासीमा खुसीयाली

लमजुङ र मनाङ जोड्ने बेँसीशहर–चामे सडक अन्तर्गत लमजुङ तर्फको खण्ड करिब दुई महिनापछि पूर्णरूपमा खुलेको छ । अविरल वर्षासँगै आएको बाढीपहिरोले गत असार १ गतेदेखि सो सडक अवरुद्ध भएको थियो । सडकको विभिन्न स्थानको ढुङ्गा माटा तथा पहिराे हटाउनुका साथै सडक मर्मत सम्पन्न गरेपछि आजदेखि लमजुङ खण्डमा पूर्णरूपमा सवारी सञ्चालनमा आएको सडक डिभिजन कार्यालय दमौलीले जनाएको छ । कार्यालय प्रमुख अमित श्रेष्ठले भने, “यस सडकमा असार १ गतेयता विभिन्न ठाउँमा सडकको माथिबाट पहिराे आउने र कुनै कुनै स्थानमा सडक