सरकारी र गैरसरकारी संस्थाका प्रतिनिधि, यातायात व्यवसायी, वातावरणका क्षेत्रमा कार्यरतलगायतले नेपालमा विद्युतीय सवारी साधनको महत्व बढ्दै गएको बताएका छन् ।
नेपालमा पहिलोपटक विद्युतीय बस सञ्चालन गरेको सुन्दर यातायात प्रालिको तेस्रो वार्षिकोत्सवका अवसरमा उहाँहरुले नेपालमा विद्युत् उत्पादन बढिरहेकाले र वायु प्रदूषण बढेर त्यो कम गर्न विद्युतीय सवारी साधनको प्रयोग बढाउनुपर्नेमा जोड दिनुभएको हो । वातावरण विभागका महानिर्देशक मुकुन्दप्रसाद निरौलाले कोरोनाका कारणले भन्दा पनि वायु प्रदूषणका कारणले लाग्ने रोगले मृत्यु बढिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “वातावरण प्रदूषण कम गर्दै जान विद्युतीय सवारी साधनको प्रयोग बढाउँदै जानुपर्छ ।”