अलमुताइरी नेपाल फर्किने पक्का, एन्फासँग नयाँ सम्झाैताका लागि तयार !

काठमाण्डाै – नेपाली राष्ट्रिय फुटबल टाेलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी नेपाल फर्किने पक्का भएकाे छ । अलमुताइरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फासँग) नयाँ सम्झाैता गर्न सहमत भएका हुन् । एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पा र कतार फुटबल एसाेसिएशन (क्यूएफए) पदाधिकारीसँगको भेटपछि आफू एन्फासँग नयाँ सम्झाैता गर्ने निर्णयमा पुगेकाे अलमुताइरीले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । आफूलाई नेपाल फर्काउनका लागि सहयाेग गर्ने सबैलाई अलमुताइरीले धन्यवाद भनेका छन् । ‘नयाँ मिसनमा सफलताको कामना गर्दछु । हाम...

सम्बन्धित सामग्री

एनएसएल टिमले आयोजकलाई भने–एन्फासँग सम्झौता  टुङ्ग्याउनुस् हामी  तयारी थाल्छौं

नेपाल सुपर लिग (एनएसएल) का टिमहरूले अखिल नेपाल फुटबल संघ (एन्फा) र आयोजक नेपाल स्पोर्ट्स एम इभेन्ट म्यानेजमेन्टसँगको सम्झौता टुङ्ग्याएपछि मात्र तयारी थाल्ने बताएका छन् । आज एनएसएल र क्लबका पदाधिकारीसँगको बैठकले एन्फाले दिएको मितिमा प्रतियोगितामा भाग लिन तयार भएको तर, त्यसका लागि पहिले सम्झौता पूरा हुनु पर्ने बताएका थिए । ‘क्लबहरू प्रतियोगिताका लागि सकरात्मक छन् । उनीहरुले पहिलो एन्फासँग सम्झौता टुङ्ग्याउन भनेका छन् । सम्झौता सकिसकेपछि एन्फाले दिएको मितिमा प्रतियोगितामा भाग लिन भनेका छ

एन्फालाई खेलाडीको ५ बुँदे ध्यानाकर्षण

खेलाडी संघले अखिल नेपाल फुटबल संघ (एन्फा)को नवनिर्वाचित कार्यसमिति समक्ष ५ बुँदे ध्यानाकर्षपत्र बुझाएको छ ।संघका अध्यक्ष बिक्रम लामाको टोलीले एन्फा पदाधिकारीलाई ध्यानाकर्षणपत्र बुझाउँदै देशको झण्डा अन्तराष्ट्रिय जगतमा फहराउन खेलाडी संघ एन्फासँग मिलेर हरेक फुटबल गतिविधिमा सहकार्य गर्न तयार रहेको भन्दै पछिल्लो समय खेलाडीको राष्ट्रिय योगदानको अवमूल्यन भइरहेकोप्रति असन्तुष्टि जनाएको छ । खेलाडीहरुलाई अपमानजनक रुपमा राष्ट्रिय टिमको बन्द प्रशिक्षणबाट निकाल्ने मुख्य प्रशिक्षकको पछिल्लो व्यवहारले सिंगो फ

‘बी’ डिभिजन लिगका खेलहरु सुरु

काठमाडौँ। आजबाट सहिद स्मारक ‘बी’ डिभिजन लिगका खेलहरु सुरु भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा एन्फा कम्प्लेक्समा खेलहरु सुरु भएका हुन्। लिगको उद्घाटन समारोहमा सहभागी भएका युवा तथा खेलकूद मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले फुटबलको विकासको लागि एन्फासँग सहकार्य गर्नको लागि मन्त्रालय तयार रहेको बताए। फुटबल धेरैले रुचाउने खेल भएको कारणले गर्दा पनि मन्त्रालयले सहयोग गर्ने उनको भनाई छ।

३ वर्षका लागि नेपाल फर्किए अलमुताइरी

नेपाली फुटकल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी नेपाल फर्किने भएका छन् ।उनले आगामी ३ वर्षका लागि आफू नेपाल फर्किने जनाएका छन् । अखिल नेपाल फुटबलसँग एन्फासँग ३ वर्षको सम्झौता गरिएको उनले फेसबुकमार्फत जनाएका छन् ।एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा र कतार फुटबल एसोसियसनसँगको छलफलपछि उनी नेपाल फर्किन तयार भएका हुन् । उनले आफूले नयाँ प्लान बनाउने र नेपाली फुटबलको भविष्य उज्वल रहेको पनि उल्लेख गरेका छन् । यसका लागि नेपाली समर्थकलाई समर्थन गरिरहन पनि अलमुताइरीले आग्रह गरेका छन् ।यस्तो छ उनको स्टाटसःDear Nepali Fans AFTER meetings with Karma Tsering Sherpa and QFA officials I decide to sign new contract with All Nepal Football Association for 3 years to continue my job in Nepal and thanks to Qatar Football Association for supporting and did everything to let me back to Nepal .I wish all the best in the new mission .. we will publish our TARGETS and PLANS for the next 2 years soon , my promise to you is the future of Nepali football will be better but give us time only .THE LOVE YOU SHOW IT TO ME MORE IMPORTANT THAN ANY THING ELSE SO LET ME STAY IN YOUR HEARTS ALWAYSNOT only me need supporting and love of Nepali Fans also the players need it SO support us , believe in us , love us .thank you everyoneONE FAMILY .. JAY NEPAL