काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले अन्तर्राष्ट्रिय बजारमा नेपालको प्रवर्द्धनका लागि कूटनीतिज्ञहरुको भूमिका महत्वपूर्ण हुने बताए।हालै नियुक्त तथा प्रस्तावित विभिन्न देशका राजदूतहरुसँग मन्त्रालयले सोमबार गरेको अन्तरक्रियामा मन्त्री श्रेष्ठले नेपालमा विदेशी पर्यटकको आगमन बढाउन कूटनीतिज्ञहरुको भूमिका महत्वपूर्ण हुने बताएका हुन्।विदेशस्थित सबै नियोग परिचालन गरेर नेपालमा विदेशी पर्यटकको आगमन बढाउन सकिने उनको भनाइ थियो। सबैको पहलमा विदेशी पर्यटक भित्र्याउन