फिलिपिन्सका राष्ट्रपति रोड्रिगो दुतेर्टेले २०२२ मा राजनीतिबाट संन्यास लिने घोषणा गरेका छन्। २०२२ मा त्यहाँ राष्ट्रपतीय निर्वाचन हुँदै छ।
'आज म राजनीतिबाट अवकाश लिने घोषणा गर्दै छु,' शनिवार ७६ वर्षका राष्ट्रपति दुतेर्टेले पत्रकारहरूमाझ निर्वाचन आयोगको कार्यालय परिसरमा भनेको सिन्ह्वाले जनाएको छ।
उनको यो अप्रत्याशित घोषणाका क्रममा उनले फिलिपिनोको 'बढ्दो सेन्टिमेन्ट'लाई…