अर्थ मन्त्रालयले थाल्यो बजेट लेख्न, स्वास्थ्यमा घट्ला कि बढ्ला ?

वित्त रणनीतिको पहिलो नम्बरको रणनीतिमा नै स्वास्थ्य क्षेत्रको वित्तीय दायरा विस्तार गर्ने उल्लेख छ। उक्त रणनीतिभित्र संघ, प्रदेश र स्थानीय तहको बजेटमा कम्तिमा १० प्रतिशत रकम स्वास्थ्य क्षेत्रमा लगानी हुने व्यवस्था गर्न जोड दिइने विषय रहेको छ। तर नेपालमा त्यसको आधा समेत विनियोजन भइरहेको पाइदैन।