राष्ट्र बैंकको कठोर नीतिले अर्थतन्त्रमा सुधारको संकेत देखियो : गभर्नर

३० कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकको कठोर नीतिका कारण नै अर्थतन्त्रमा सुधार देखिन लागेको दावी गरेका छन् । बुधबार नेपाल बैंक लिमिटेडको ८६ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले अर्थतन्त्र खस्किरहेको बेलामा सरकार र राष्ट्र बैंकले लिएका कठोर निर्णयबाट नै अर्थतन्त्र सुधारोन्मुख रहेको बताए । अप्रिय लाग्ने तर, अर्थतन्त्र […]

सम्बन्धित सामग्री

गभर्नरसँग मिलेर काम गर्ने अर्थमन्त्रीको संकेत

अर्थमन्त्री र नेपाल राष्ट्र बैंकका गर्भनरबीच तालमेल नहुँदा मौद्रिक नीति लगायतका विषयमा खटपट हुने गरेकोमा अर्थमन्त्री वर्षमान पुनले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग मिलेर काम गर्ने संकेत गरेका छन्।...

गभर्नर अधिकारीले अमेरिकाबाटै गरे थप कडा नीतिको संकेत !

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रको लागि थप कडा नीति ल्याउनु पर्ने तर्फ संकेत गरेका छन् । हाल अमेरिकामा रहेका गभर्नर अधिकारीले ट्वीट गर्दै केन्द्रीय बैंकले लिने नीतिहरुमा थप सावधानी अपनाउनु पर्ने बताएका हुन् ।उनले अन्तर्राष्ट्रिय मुद्रा कोषले जुलाई महिनाको लागि तयार पारेको 'विश्व अर्थतन्त्र परिदृश्य' को कभर पेज ट्वीटरमा शेयर गर्दै  केन्द्रीय बैंकले लिने नीतिहरुमा थप सावधानी अपनाउनु पर्ने बताएका हुन् । उक्त परिदृश्यमा सन् २०२२ अझै धुमिल र थप अनिश्चिततातर्फ धकेलिने उल्लेख छ । सोहि कभर फोटो शेयर गर्दै उनले सन् २०२३ पनि खासै उत्साहजनक नभएको उल्लेख गरेका छन् । उनले कमजोर आर्थिक वृद्धि देखिने, मुद्रास्फीतिको दबाब रहने, बाह्य क्षेत्र चुनौतीपूर्ण हुने , र समष्टि आर्थिक स्थिरतामा दबाब सिर्जना हुने भएकोले केन्द्रीय बैंकले लिने नीतिहरुमा थप सावधानी अपनाउनु पर्ने बताएका हुन् । हाल उनी संयुक्त राज्य अमेरिकाको वासिङ्टन डि.सी.मा आयोजना हुने विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वार्षिक बैठकमा भाग लिन अमेरिकामा छन्। मुद्रा कोषको कार्यक्रम मै रहेको बेला मुद्रा कोषको रिपोर्ट शेयर गर्दै गभर्नरले गरेको ट्वीटले आगामी दिनमा केन्द्रीय बैंकले थप कडा नीति ल्याउने संकेत देखिएको कतिपयको बुझाई छ । विश्वमा आर्थिक मन्दी देखिन सक्ने पनि अर्थविद्हरुले बताईरहेका छन् । त्यस्तो भएमा विश्वभरका केन्द्रीय बैंकहरुले आफ्ना नीतिहरु पुनरावलोकन गर्न सक्ने बताईंन्छ । मुद्रा कोषले सार्वजनिक गरेको उक्त प्रतिवेदनमा सन् २०२३ मा विश्वको आर्थिक वृद्धि जम्मा २.७ प्रतिशतमा सिमित रहने अनुमान सार्वजनिक गरेको छ। २०२१ मा ६ प्रतिशत रहेको विश्वको आर्थिक वृद्धि २ वर्षमै आधा भन्दा बढीले घट्ने अवस्था आएको आइएमएफको प्रक्षेपण छ । यद्यपी, चालु वर्ष २०२२ मा भने विश्वको आर्थिक वृद्धि ३.२ प्रतिशत रहने अनुमान गरिएको छ ।आइएमएफले विश्वको आर्थिक वृद्धि घट्दै जानुमा विभिन्न कारण पनि दिएको छ । विश्वका सबैजसो मुलुकका केन्द्रीय बैंकहरुले कर्जा प्रवाहमा अंकुश लाग्ने गरी ब्याजदर बढ्ने नीति लिएको र यस्तो नीति लिनुमा सबै देशका केन्द्रीय बैंकहरुले रसिया–युक्रेन युद्धलाई देखाएको आइएमएफको भनाई छ ।सँगै, एक महिना अगाडी सेप्टेम्बर १५ (भदौ ३० गते) मा विश्व बैंकले त झन विश्व आर्थिक मन्दी (ग्लोबल रिसेसन) कै प्रक्षेपण गरेको छ । विश्व बैंकले सन् २०२३ मा विश्व अर्थतन्त्रको आर्थिक वृद्धिदर ०.५ प्रतिशत मात्रै हुने र यसको ठूलो असर अल्पविकसित देशले भोग्नुपर्ने बताएको छ ।

आगामी मौद्रिक नीति कसिलो आउने संकेत

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आगामी आर्थिक वर्षको मौद्रिक नीति कसिलो खालको ल्याउने संकेत गरेका छन्।...

ब्याजदर बढ्दा स्वीकार्नुपर्छ, मौद्रिक नीतिले सबै समस्या समाधान गर्दैन : गभर्नर

८ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ब्याजदर अझै बढ्न सक्ने संकेत गरेका छन् । काठमाडौंमा आयोजित कार्यक्रममा उनले अहिले ब्याजदर बढिरहेको भन्दै त्यसलाई सबैले स्वीकार्नुपर्ने बताए । ‘रेटहरु बढ्दा छन्,’ उनले भने,’उद्योगीहरुले प्रताडित छौं भन्नुभएको छ, तर परार साल सम्झनुस् त, अहिले त्योभन्दा राम्रो अवस्था छ ।’ उनले कुल गार्हस्थ्य उत्पादनको […]

गभर्नर हटाउने निर्णय प्रधानमन्त्रीबाट नै भएको प्रचण्डकाे दावी

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले प्रधानमन्त्री शेरबहादुर देउवासँगको सल्लाहमै नेपाल राष्ट्र बैंकका गभर्नरलाई निलम्वन गरेको भन्दै पुनर्वहालीका कारण अर्थमन्त्रीले राजीनामा दिनुनपर्ने तर्क गर्नुभएको छ । गभर्नर महाप्रसाद अधिकारीलाई अदालतले पुनर्वहाली गरिदिएपछि पदत्याग्नु पर्ने दबावमा परेका अर्थमन्त्री जनार्दन शर्माको बचाऊ गर्दै प्रचण्डले निर्णय प्रधानमन्त्रीबाट नै भएको संकेत गर्नुभएको हो । धनगढी विमानस्थलमा […]

‘अर्थतन्त्र बिग्रिनुमा गभर्नर दोषी’

काठमाडौँ । सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेसँगै सरकार र प्रतिपक्षी दलबीच जुहारी चलेको छ। नेकपा एमालेका तीन पूर्वअर्थमन्त्रीले सरकारले अर्थतन्त्र बिगारेको आरोप लगाएको भोलिपल्ट अर्थमन्त्री जनार्दन शर्माले त्यसको प्रतिवाद गरेका छन्। अर्थमन्त्री शर्माले अर्थतन्त्रमा असन्तुलन आउनुमा गभर्नर अधिकारीलाई दोषी देखाए। उनले वित्तीय सूचकमा समस्या आउन सक्ने केही संकेत देखिएपछि राष्ट्र बैंकलाई […]

सरकारले गभर्नर निलम्बन गरेर निर्लज्जता प्रकट गर्यो

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेर निर्लज्जता प्रकट गरेको बताएका छन् ।अर्थमन्त्री जनार्दन शर्माप्रति संकेत गर्दै अध्यक्ष ओलीले अनुहारभरि रौं भएको मुसोले अर्थतन्त्र बर्बाद पारे पनि एउटा सोझो भ्यागुतो जस्तो गभर्नरलाई सरकारले कारबाही गरेर निर्लज्जता प्रकट गरेको बताएका हुन् । शनिबार काठमाडौंमा आयोजित […]

तरलता समस्याबारे यसो भन्छन् गभर्नर

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले लगानीयोग्य रकम (तरलता) अभाव रहेका कारण कर्जा तथा निक्षेपको ब्याजदर बढ्न सक्ने संकेत गरेका छन् । अधिकारीले तरलता अभावले निक्षेपको ब्याजदर वृद्धि हुँदा कर्जाको पनि बढिरहेको बताएका हुन् । उनले असार मसान्तसम्म औसत ८ दशमलव ८३ प्रतिशत रहेको कर्जाको ब्याजदर कात्तिक मसान्तसम्म ९ दशमलव १ प्रतिशत पुगेको बताए । ‘डिपोजिटको लागत बढेकाले आगामी दिनमा पनि कर्जाको ब्याजदर बढ्ने निश्चित छ । तर, राष्ट्र बैंकले ब्याजदर बढे पनि साना ऋणीलाई प्रोटेक्शन गर्ने नीति ल्याउनेछ,’ आइतवा...

बैंकहरुकै कारण तरलता अभाव : गभर्नर

काठमाडौँ– नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शेयर लगानीका लागि बैंकबाट शेयर कर्जा लिन सीमा तोक्ने नीतिलाई तत्काल परिवर्तन नगर्ने संकेत गरेका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले सोमबार काठमाडौंमा गरेको कार्यक्रममा गर्भनर अधिकारीले शेयर लगानीका लागि बैंकबाट दिने ४ र १२ करोडको सीमा नहट्ने संकेत गरेका हुन् । शेयर बजार अत्यन्तै संवेदनशील क्षेत्र […]

चालू आवको मौद्रिक नीतिः अझै ढिलाइ हुने संकेत

काठमाडौं, साउन २१। नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्न अझै ढिलाइ हुने संकेत गरेको छ । नयाँ सरकारको प्राथमिकता र प्रक्षेपणलाई हेरेर मात्रै चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्ने तयारीमा राष्ट्र बैंक लागेको हो । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सरकार परिवर्तन भएकाले नयाँ सरकारको बजेटको आकार, प्राथमिकता र प्रक्षेपण हेरेर मात्रै चालू […]