मनमैजु माध्यमिक विद्यालयमा ‘बलराम सिटौला छात्रवृत्ति अक्षयकोष’ स्थापना

तारकेश्वर नगरपालिका–९ का वडाध्यक्ष बलराम सिटौलाले मनमैजु माध्यमिक विद्यालयलाई नगद दुई लाख सहयोग गरेका छन् । उत्कृष्ट एवम् मिहिनेती विद्यार्थीहरुलाई छात्रवृत्ति प्रयोजनका लागि वडाध्यक्ष सिटौलाले छात्रवृत्ति अक्षयकोषको स्थापना गरेका हुन् ।वडाध्यक्ष सिटौलाले आफूले पाएको सेवा सुविधाबाट उक्त रकम छात्रवृत्ति प्रयोजनका लागि अक्षयकोषको स्थापना गर्न पाउदा खुशी लागेको बताए । उक्त अक्षयकोषको नाम ‘बलराम सिटौला छात्रवृत्ति […]