माओवादी बन्दसत्र- आत्मालोचनासहित प्रचण्डको राजनीतिक प्रस्ताव पेश हुँदै

नेकपा माओवादी केन्द्रको ८ औं महाधिवेशन अन्तर्गत सोमवारदेखि बन्दसत्र शुरू हुँदैछ ।  काठमाडौंको प्रज्ञा प्रतिष्ठानको सभाहलमा अहिले केहीबेरमा बन्दसत्र शुरू गर्ने तयारी रहेको नेता मात्रिका यादवले जानकारी दिए ।  बिहान ११ बजे नै शुरू गर्ने भनिए पनि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेताहरूसँगको छलफलमा रहेकाले बन्दसत्र शुरू गर्न ढिला भएको हो ।  शान्ति प्रक्रियामा आएपछि भएका कमीकमजोरीको समीक्षासहित प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गर्न लागेका हुन् ।  आइतवार उद्घाटन सत्रमा प्रचण्डले माओवादी पार्टी कमजोर हुनुम...