२० तस्वीरमा एमालेको बन्दसत्र

चितवन : नेकपा (एमाले) को १० औं महाधिवेशनअन्तर्गत बन्दसत्र सुरु भएको छ। महासचिव ईश्वर पोखरेलले कार्यक्रम संचालन गरेका छन्। अध्यक्ष केपी ओलीसहितका सबै शीर्ष नेता पनि बन्दसत्र हलमै छन्। चितवनको सौराहस्थित सेभेन स्टार होटल परिसरमा सुरु भएको बन्दसत्रको सुरुमा विदेशी पाहुनालाई बोल्न दिने कार्यक्रम छ।महाधिवेशनमा शुभकामना दिन विभिन्न देशबाट आएका विदेशी पाहुनालाई शुक्रबार उद्घाटन समारोहमा समय अभाव हुने भएपछि बोल्न दिइएको थिएन। उनीहरुलाई बन्दसत्रको सुरुमै शुभकामना मन्तब्यका लागि समय दिइनेछ।

सम्बन्धित सामग्री

नेकपा एमाले खोटाङको बन्दसत्र सुरु

नेकपा एमाले खोटाङको बन्दसत्र सुरु भएको छ । दिक्तेलको माटिकोरेस्थित जिल्ला खेलकुद विकास समितिको कभर्डहलमा जारी सातौं जिल्ला अधिवेशन अन्तरगत बन्दसत्र सुरु भएको हो । बन्दसत्र एमाले प्रमुख सचेतक एवं पोलिटव्यूरो सदस्य विशाल भट्टराईले उद्घाटन गरेका थिए ।शुक्रबार बेलुका ७ बजेपछि सुरु भएको बन्दसत्रमा राजनीतिक, सांगठनिक, आर्थिक र विकास तथा समृद्धि प्रतिवेदन प्रस्तुत भइरहेको छ । प्रस्तुत प्रतिवेदन छलफल गरेर पारित गरेपछि नेतृत्व चयनको चरणमा बन्दसत्र पुग्ने छ । ‘सत्तालिप्साले जन्माएको गठबन्धनविरु

माओवादी महाधिवेशन : सुरु भयो आजको बन्दसत्र

नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्दसत्र सुरु भएको छ । तोकिएको समयभन्दा केहीबेर ढिलो गरी बन्दसत्र सुरु भएको हो । बन्दसत्र सुरु भएलगत्तै अध्यक्ष प्रचण्डले सम्बोधन गर्न सुरु गरेका छन् ।बन्दसत्रअघि स्थायी कमिटी बैठक बसेको थियो । सो बैठकले केन्द्रीय कमिटीमा रहनेहरुको सूची सहमतिको आधारमा तय गर्ने विषयमा छलफल गरेको छ ।आजै बन्दसत्रले पार्टीको केन्द्रीय कमिटी चयन गरेर महाधिवेशन नै सक्ने तयारी छ।

माओवादी महाधिवेशनको आजको बन्दसत्र शुरू

नेकपा (माओवादी केन्द्र)को आठौं राष्ट्रिय महाधिवेशनको आइतवारको बन्दसत्र शुरू भएको छ ।  खाजा समयका लागि केहीबेर बन्दसत्र स्थगित गरिएको थियो ।  सहमतिबाटै केन्द्रीय कमिटी चयन गर्ने गरी पार्टीको स्थायी कमिटी बैठक महाधिवेशन स्थल प्रज्ञा भवनमा बसेको थियो ।  स्थायी कमिटी बैठक सकिएपछि बन्दसत्र शुरू गरिएको हो ।  नेतृत्व चयन गर्न नसक्दा महाधिवेशन लम्बिएको छ । निर्वाचन कमिटीले मतदानका लागि संशोधित तालिका प्रकाशित गरे पनि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय सदस्यको सूची घोषणा गर्ने तयारी गरेका छन् ।

माओवादी केन्द्रको बन्दसत्र सुरु

१२ पुस, काठमाडौं । नेकपा (माओवादी केन्द्र)को आठौं महाधिवेशन अन्तर्गतको बन्दसत्र सुरु भएको छ । काठमाडौंको कमलादीस्थित प्रज्ञा भवन कमलादीमा बन्दसत्र सुरु भएको छ । आइतबार प्रज्ञा भवनमै माओवादीको महाधिवेशनको उदघाटन समारोह सम्पन्न भएको थियो । बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदन, विधानलगायतका प्रतिवेदनहरु पेस हुने र ती प्रतिवेदनहरुमा समूहगत छलफल हुने छ । […]

भृकुटीमण्डपमा काँग्रेसको बन्दसत्र सुरु, पौडेल पक्ष भने बत्तीसपुतलीमा

नेपाली काँग्रेसको बन्दसत्र सुरु भएको छ । केहीबेर अघिदेखि बन्दसत्र राजधानीको भृकुटीमण्डपमा सुरु भएको हो ।  बन्दसत्र चलिरहँदा रामचन्द्र पौडेल पक्षका शीर्ष नेता र केन्द्रीय सदस्यहरु भने बत्तीसपुतलीस्थित एक पार्टी प्यालेसमा छलफलरत छ । आफू निकटबाट सभापतिको उम्मेदवार टुंगो लगाउन पौडेल पक्ष बन्दसत्र नै छाडेर छलफलमा जुटेको हो । काँग्रेसको बन्दसत्रमा  ४ हजार ७ सय ४३ महाधिवेशन प्रतिनिधिलाई सहभागी हुन अधिकार छ । बन्दसत्रमा महामन्त्रीद्वय शशांक कोइराला र पूर्णबहादुर खड्काको सांगठनिक प्रतिवेदन

केही बेरमै कांग्रेस बन्दसत्र सुरु हुने

काठमाडौँ – नेपाली कांग्रेसको बन्दसत्र शुक्रबार साँझ अबेरदेखि सुरु हुने भएको छ। कांग्रेस १४औं महाधिवेशनअन्तर्गत उद्घाटनसत्र समापन भएसँगै केही बेरमै कांग्रेसले बन्दसत्र सञ्चालन गर्ने भएको हो। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शनिबारदेखि निर्वाचन प्रक्रियामा जानुपर्ने भएकाले साढे सात बजेपछि बन्दसत्र सुरु हुने बताएका छन्। उनले बन्दसत्रमा सबै महाधिवेशन प्रतिनिधिलाई सहभागी हुन आग्रहसमेत गरेका छन्।

फेरि एक घण्टा पछि सर्यो एमाले बन्दसत्र

नेकपा एमालेको दशौं महाधिवेशन अन्तर्गत तेस्रो दिन बन्दसत्र अझै सुरु हुन सकेको छैन । साँझ ७ बजे बन्दसत्र सुरु हुने भनिए पनि पछिल्लो समयमा आएर एक घण्टा पर सारिएको छ । एमाले नेता युवराज ज्ञवालीका अनुसार अध्यक्ष मण्डलको बैठक बस्ने भएकाले बन्दसत्र एक घण्टा पर सारिएको हो ।अध्यक्ष मण्डलको बैठकपछि बन्दसत्र सुरु हुने उनले बताए । अध्यक्ष मण्डलको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले तयार पारेको ३०१ जनाको सूची पेस गरिनेछ । ओलीले सहमतिमा नेतृत्व चयन गर्ने प्रयासस्वरुप दशौं महाधिवेशनबाट चयन हुने केन्द्रीय कमिटीका प

यस्तो छ एमालेको बन्दसत्र हल

नेकपा एमालेको १० औं महाधिवेशनको बन्दसत्र सुरु हुने तयारी भइरहेको छ । शनिबार विहान १० बजे सुरु हुने भनिएको बन्दसत्र दिउँसो ३ बज्न लाग्दा सुरु हुन लागेको हो । अहिले एमाले महाधिवेशन प्रतिनिधिहरू परिचयपत्र स्क्रिनिङ गर्दै हलभित्र छिर्न थालेका छन् । बन्दसत्र हलमा अध्यक्ष केपी ओलीका बेग्लै रङको कुर्सी राखिएको छ । चिटिक्क पारिएको बन्दसत्र हलमा २१ भन्दा बढी प्रतिनिधि सहभागी हुने छन् । हेर्नुस् बन्द सत्रका तस्वीरहरू :

एमाले१०औं महाधिवेशन : अझै सुरु भएन बन्दसत्र

काठमाडौं । नेकपा (एमाले)को १०औं महाधिवेशनको बन्दसत्र अझै सुरु भएको छैन । बिहान १० बजे बन्दसत्र उद्घाटन हुने पूर्व निर्धारित तालिका भएपनि अझै सुरु भएको छैन । सहमतिका लागि नेताहरु छलफलमै रहेकाले बन्दैसत्र सुरु हुन ढिलाइ भएको हो । नारायणी नदी किनारमा हिजो उद्घाटन भएको महाधिवेशनको बन्दसत्र आज सौराहास्थित सेभेन स्टार होटलमा हुन लागेको हो […]

एमाले महाधिवेशन : बन्दसत्र सुरु हुन ढिलाई

काठमाडौं, ११ मंसिर । नेकपा (एमाले) को दसौं राष्ट्रिय महाधिवेशनको आज दोस्रो दिन बन्दसत्र सुरु हुने भएको छ । तर, बन्दसत्र भने तोकिएको समयमा सुरु हुन सकेको छैन् । बन्दसत्र विहान साढे ८ बजेलाई तय भएको थियो । तर, अध्यक्ष केपी शर्मा ओली र भीम रावल दुवै जना आफूनिकट नेताहरुसँग परामर्शमा जुटेको कारण बन्दसत्र अझै […]