इसेवा मनी ट्रान्सफरका ब्राण्ड एम्बेसेडर हमाल र यूएईका लागि नेपाली राजदूत ढकालबीच भेटवार्ता

काठमाडौँ। इसेवा मनी ट्रान्सफरका ब्राण्ड एम्बेसेडर एवं नेपाली सिने जगतका नायक राजेश हमाल र यूएईका लागि नेपालका राजदूत कृष्णप्रसाद ढकालबीच भेटवार्ता भएको छ। भेटका क्रममा हमालले राजदूत ढकालसँग इसेवा मनी ट्रान्सफरको “मेरो डिजिटल देश अभियानको अवधारणा र अभियानमा आफ्नो भूमिकाबारे जानकारी गराएका थिए।